• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 07:32 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • संसद भवन निर्माणको काम कार्यतालिका अनुसार गर्न निर्देशन

  • ३ भाद्र २०८२, मंगलवार १९:०७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्‌ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षड्यन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्‌ । उनले उपसभामुखलाई हटाउन नहुनेमा सबै विपक्ष दलहरूबीच एकमत रहेको बताएका छन्‌ । संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक–पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उनले यस्तो कदम राष्ट्रका लागि ठीक नभएको जिकिर गरेका छन्‌ । त्यस्तै बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासका बारेमा छलफल भएको जानकारी दिएका छन्‌ । उपसभामुखलाई हटाउने र संसदलाई कमजोर पार्ने सत्तारूढ दलको षड्यन्त्रको विपक्षी दलहरू एक भएर प्रतिरोध गर्ने निर्णय गरेको बताइएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजेको भन्दै यस्ता कदमलाई कुनै हालतमा सम्भव हुन नदिने निर्णय गरिएको बताएका छन्‌ । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले विपक्षीलाई कमजोर पार्न गरिने सबै प्रकारका षड्यन्त्रको प्रतिकार गर्नुपर्ने बताएका छन्‌ । यसैबीच उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको काम कार्यतालिका अनुसार गर्न निर्देशन दिएका छन्‌ । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन्‌ । सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको बताइएको छ । उनले संसद भवनकै कारण मन्त्रालयको पर्फमेन्समा प्रश्न उठेको भन्दै केहि समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममा आलटाल स्वीकार्य नहुने बताएका छन्‌ । सिंहले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेश गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिएका छन्‌ । बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो । त्यसैगरी प्याब्सन र एनप्याब्सनले ९ गते सोमबारदेखि देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने भएका छन्‌ । त्यसको लागि बुधबार बिहान सबै सरोकारवाला निकायको अन्तिम बैठक बस्ने भएको छ । बैठकमा अभिभावक, प्याब्सन, हिसान, एन प्याब्सन, इष्टु लगायत संघसंगठनको उपस्थिति रहनेछ । त्यसअघि प्याब्सनको कार्य सम्पादन समितिको आकस्मिक बिस्तारित बैठक बसेको बताइएको छ । निजी विद्यालयको सबै कार्यक्रम गोप्य राखेको छ । बुधबार मध्यान्ह पत्रकार सम्मेलन गरेर अनिश्चितकालिन बन्द लगायत कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताइएको छ । शिक्षा ऐनको मस्यौदामा निजी विद्यालयको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै निजी शिक्षालय र सरोकारवाला संघ संगठनले ५ गते माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा, ६ गते संसद् भवन घेराउ, ८ गते निजी विद्यालयको सवारी साधन बाटोमा गाडी तेर्स्याउने र ९ गते देशभरबाट अनिश्चितकालिन बन्द गर्ने योजना रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड