
–मित्रसेन दाहाल–
त्यससित सम्बन्ध टुटेमा हामी दुःखी हुन्छौ । तर, त्यस्तो हुँदै नहुने सम्भावना मात्र देखिएमा त हामी आतंकित नै भइहाल्छौ । तर, म यतिबेला भयभीत छु, मलाई माया गर्ने र मैले पनि श्रद्धा गर्ने वरिष्ठ उद्योगपतिहरुको एकपछि अर्को गर्दै निधन भएकाले । मदनलाल अग्रवाल, शंकरलाल केडिया, मोहनगोपाल खेतान हुँदै हुलासचन्द्र गोल्छाको पनि निधन भएपछि नेपालमा इन्डस्ट्रिलाइजेसनको बीउ छर्ने सुझबुझ भएका औद्योगिक सपूतहरु भटाभट मर्न थालेपछि हामी चिन्तित हुनु स्वाभाविकै हो ।
अहिलेको विज्ञान र प्रविधिको २१ औं शताब्दीको नयाँ युगमा नयाँ पुस्तालाई पन्छाउन सकिँदैन । तर, पुरानो पुस्तामा जुन सुझबुझ र सबैलाई विचार पु¥याउने सहयोगी भाव छ, त्यो नयाँ र युवापुस्तामा न्यून देखिन्छ । गोल्छाले आप्mनी ममतामयी आमा धापीदेवी गोल्छाको दीनदुःखीको सेवा गर्न कहिल्यै पछि पर्नुहुँदैन र कर्मवीर पीता स्व. रामलाल गोल्छाको सदा सबैको भलो चिताऊ भन्ने मूलमन्त्रलाई सधैँ अपनाउनुभयो । अझ पछिल्लो समयमा त अनुव्रत अनुशास्ता युग प्रधान आचार्य श्री महाप्रज्ञको अनुयायीकै रुपमा देखा पर्नुभएको थियो ।
२०१२ सालमा आप्mनो बुबालाई सघाउने निहुँमा उद्योग व्यापारमा छिरेका गोल्छाले यो चार दशकमा आफूलाई एउटा प्रतिष्ठित उद्योगपतिको रुपमा उभ्याउनुभयो । उहाँले स्थापना गरेका उद्योगको नाम यो सानो स्मरणमा अटाउन सक्दैनन् । हालको गोल्छा अर्गनाइजेसन नै दर्जनौ उद्योगधन्दा मिलेर बनेको छ । त्यसैगरी, गोल्छाबाट अनुप्राणित सामाजिक, धार्मिक, साहित्यिक संघसंस्थाको नाम पनि यहाँ उल्लेख गर्न सम्भव छैन । नेपालमा पहिलोपटक सवारीसाधन निर्माणको श्रेय पनि गोल्छालाई नै जान्छ । यतिखेर सडकमा मुस्ताङ र शेर्पा ब्रान्डका गाडीहरु नेपालका सहर बजारमा गुडेका देखिन्छन् ।
पहिलो उद्योगका रुपमा विराटनगर जुटमिन स्थापना गरेपछि आजसम्म उहाँले गोल्छाको संलग्नता नभएको क्षेत्र छैन ।क्रमश









