• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:34 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप पाउने

  • १५ चैत्र २०७९, बुधबार २०:१९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्युनतम कार्यक्रमले बिहीबारसम्ममा अन्तिम रुप प्राप्त गर्ने जानकारी दिए । त्यसैगरी सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय भागबन्डामा जुटेका छन् । तर मन्त्रालयको संख्यामा सत्तारुढ दलहरुको कुरा मिलेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले पनि मन्त्रिपरिषद विस्तार टुङ्ग्याउन सकेन । नेपाली कांग्रेसले पनि भनेको संख्यामा मन्त्रालय पाएको छैन । कांग्रेसले ९ वटा मन्त्रालय मागिरहेको जानकारीमा आएको छ । तर प्रधानमन्त्री दाहाल ७ वटा मन्त्रालय मात्र दिन चाहन्छन् । संख्या मात्र होइन रोजेको मन्त्रालय समेत नपाएको जानकारहरु बताउँछन् । निर्वाचनमा ८९ सिट ल्याएको नेपाली कांग्रेसका नेताहरु मन्त्री संख्या नपुगेको भन्दै बालुवाटारमा धर्ना दिइरहेका छन् । बत्तीस सिटे दल नेकपा माओवादीसँग ८९ सिटे कांग्रेसले मन्त्री संख्या बढाइदिन आग्रह गरिरहेको छ । त्यसैमा आफूले मागे अनुसारको मन्त्रालय पनि नपाउने अवस्था छ । सरकार विस्तारका नाममा केही दिन यता सत्ता गठबन्धन दलहरुबीच पटक पटक छलफल र बैठक भइरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा यस्ता बैठक नियमित भइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले हरेक दिन सत्ता समर्थक दलका शीर्ष नेताहरुलाई एक्ला एक्लै पनि भेटिरहेका छन् । समूहमा पनि बारम्बार छलफल भइरहेका छन् । तर उनीहरुबीचका हरेक बैठक र छलफल प्रतिउत्पादक भइरहेको छ । त्यसैगरी नेपालमा आर्थिक सङ्कटको अवस्था भयावह बनिरहेको नेकपा (एमाले) का उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पौडेलले बताउनु भएको छ । अर्थतन्त्र डर लाग्दो अवस्थामा रहेको र २०२८ सालपछि पहिलो पटक अघिल्लो वर्षको तुलनामा कम राजस्व संकलन भएको उहाँले बताउनु भयो । नेता पौडेलले आरोप भन्दा शक्तिशाली तथ्य हुने बताउँदै आर्थिक संकटतर्फ उन्मुख अर्थतन्त्रलाई ठिक लयमा फर्काउन आफूले निकै कोसिस गरेको जिकिर गर्नुभयो । सरकारले आर्थिक अराजकता नियन्त्रण गर्नुको साटो फजुल खर्च बढाउँदै लगेकाले मुलुकमा थप गम्भीर आर्थिक सङ्कटको अवस्था उत्पन्न हुने उहाँले ठोकुवा गर्नुभयो । देशव्यापी रुपमा सञ्चालित मिसन ग्रासरुट अभियान अन्तर्गत हाल सुदूरपश्चिम प्रदेशमा व्यस्त रहनुभएका उपाध्यक्ष पौडेलले नेकपा (एमाले) डडेलधुराले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको पूर्व सन्ध्यामा पत्रकारहरुसँग कुराकानी गर्दै तत्काल वर्तमान सरकार ढलाउने खेलमा एमाले नरहेको स्पष्ट पार्नुभयो । प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपाध्यक्ष पौडेलले मुलुकमा राजनीतिक स्थायित्वको अभावमा अर्थतन्त्र धराशायी बन्न थालेकोले एमालेले जिम्मेवार प्रतिपक्ष बनेर सरकारलाई सही बाटोमा हिँडाउने भूमिका निर्वाह गर्ने बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड