
काठमाडौं । राजबिराज नगरपालिका–५ बस्ने १६ वर्षीय पेशालाल नन्दन यादवको करेन्ट लागेर बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित चौरमा माईकको तार विद्युतको पोलमा जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच पाँचथर, फाल्गुनन्द गाउँपालिका–५ निगुरे बस्ने ४९ वर्षीय आईत बहादुर सावा सोही ठाउँस्थित निगुरे खोल्सीमा मृत अवस्थामा फेला परेका छन् । रूपन्देही, सिद्वार्थ नगरपालिका–३ खजनास्थित गेष्ट हाउसमा दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने ५२ वर्षीय रुद्ध बहादुर डागी मृत अवस्थामा फेला परेका छन् । सर्लाही, हरिवन नगरपालिका–१० नयाँ रोड चौकस्थित सडक छेउमा हाल नाम, थर, वतन, नखुलेका करिब ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । म्याग्दी, बेनी नगरपालिका–१ थाङनेबगरस्थित कालिगण्डकी नदीको छेउमा हाल नाम, थर, वतन, नखुलेकी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।









