
– डा. तुलसी भट्टराई ÷ उद्धव उपाध्याय ÷ महेन्द्रप्रकाश सिवाकोटी –
यस बाहेक पनि उहाँको भनेर कार्य पूरा गरेका दृष्टान्त कैयौ भेटिन्छन् ।
मनपर्ने कुराहरु ः
– उहाँलाई घरपरिवारको वातावरण मन पर्दथ्यो ।
– भजन र केही मेलोडियस गीत सुन्ने र गुनगुनाउने गर्नुहुन्थ्यो ।
– उहाँलाई धेरैजनासँग बसेर खाना खान आनन्द आउँथ्यो ।
– सफा कपडा लगाउने, कोठा सफा सुग्घर राख्ने, ओड्ने ओछ्याउने तथा उहाँले प्रयोग गर्ने झुल सफा भएको हुनुपर्दथ्यो ।
– डिपार्टमेन्टल स्टोरमा गएर नयाा प्रविधिका सामानहरु किन्न मन पराउनुहुन्थ्यो ।
– बाल्यकालमा नौटंकी हेर्ने सोख थियो ।
– सफा टिपटप हेन्डसम भएर बस्न र क्रिम परफ्युम प्रयोग गर्न रुचाउनु हुन्थ्यो ।
– उहाँको सबैभन्दा धेरै मनपर्ने ठाउँ विराटनगर नै थियो र त्यहाँ गइरहन मन पराउनु हुन्थ्यो ।
– केटाकेटीसँग गफ गर्ने, उनीहरुलाई भुत झै बनेर जिस्काउने, खेल्ने र उनीहरुलाई सामान किनिदिने बानी थियो ।
– सबैभन्दा मन पर्ने घरपरिवारका मानिसहरुमा बीपी कोइराला, सुष्मा कोइराला, नोना कोइराला, शैलेजा आचार्य, सुशीला कोइराला, सुजाता कोइराला आदि हुनुहुन्थ्यो ।
– उहाँले युवावस्थामै साईकल, गाडी, बन्दुक चलाउने, घोडा चढ्ने आदि सीप जान्नुभएको थियो । फोटोग्राफीमा पनि उहाँको सौख थियो ।
जीवनका अन्तिम क्षण ः पाँच÷छ पटकसम्म प्रधानमन्त्री बन्नु भएका सानोबुबा संघीय गणतान्त्रिक नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएर जेठ १४ गते २०६७ सालमा संविधान जारी गरेर राजनीतिबाट विश्राम लिने सोचाईमा हुनुहुन्थ्यो । यसेका लागि उहाँको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र पनि बनिसकेको थियो । उहाँको यो सपना पूरा हुन पाएन । शान्ति स्थापना गरी संविधान निर्माण भएपछि राजनीतिबाट सन्यास लिने अभिलाषा पनि पूरा हुन पाएन । जीवनको अन्तिम क्षणसम्म पनि सहमति, सहकार्य र एकताको मन्त्र जपेरै जानु भयो । मृत्युको दोसाँधमा रहँदासमेत प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र छोरी सुजातालाई आपसमा मिलेर जानुपर्छ भनेर सदाका लागि यस धर्तीबाट बिदा लिनुभयो ।
गिरिजाबाबु प्रायः सबैका प्रिय हुनुहुन्थ्यो भन्दा दुईमत नहोला । उहाँ कसेका विरुद्ध पनि अपशब्द र गालीगलौजका अभिव्यक्ति दिनुहुँदैनथ्यो । कोइराला निवाससँग जोडिएका छिमेकीको सम्झनामा रानु थापा गिरिजाबाबुलाई सम्झदै आफ्ना विचारहरु यसरी प्रकट गर्नुहुन्छ ः
म उहाँलाई सानुबाबा भन्थेँ । उहाँ मलाई छोरी भन्नुहुन्थ्यो । मेरो बाल्यकाल सानाुबाबासँग खेल्दै बितेको हो । विराटनगरमा सानुबाबाको र हाम्रा घर जोडिएको छ । उहाँसँग हाम्रो सम्बन्ध एउटा परिवारको जस्तै थियो, हाम्रो बुबाकै पालादेखि । जुन दिनदेखिको घटना म सम्झन सक्छु, त्यही दिनदेखि म उहाँलाई चिन्छु ।
म सानो छँदै बुबा बित्नुभयो । त्यसपछि म उहाँलाई नै बुबा जस्तै मान्न थालेँ । सानुबाबाले पनि हामीलाई छोरीजस्तै माया गर्नुहुन्थ्यो । उहाँको मायालु व्यवहारले हामीलाई बुबाको कमी कहिल्यै महसुस हुन दिएन । हामी थापा, उहाँ कोइराला । तैपनि हामी एउटै परिवारजस्तो भएर बसेका थियौँ । सानुबाबाकी छोरी सुजाता मेरो केटाकेटीदेखिकै साथी हो । हामी केटाकेटीमा निकै रमाइलो गथ्र्यौ । एक अर्काको घरमा आउनेजाने निकै हुन्थ्यो । हामी कहिले उहाँकोमा खान्थ्यौ–सुत्थ्यौ, कहिले उहाँ हाम्रोमा । हामी कहाँ के पाक्यो सानोबुबाको घरमा थाहा हुन्थ्यो । उता के पाक्यो हामीलाई थाहा हुन्थ्यो ।
सानुबाबा थोरै खानुहुन्थ्यो, तर मिठो चाहिन्थ्यो । घिउ भनेपछि हुरुक्कै । आँखा चिम्लेर खाने । कस्तो अचम्म गर्ने भने मुमा सुष्मा कोइराला ले घिउ खन्याइदिँदा उहाँ नानाथरि बहाना गरेर टाउको पछाडि फर्काउनुहुन्थ्यो, अलि धेर खसोस् भनेर ।









