• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:34 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अपशब्द र गालीगलौजका अभिव्यक्ति

  • १३ जेष्ठ २०८०, शनिबार १९:०२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – डा. तुलसी भट्टराई ÷ उद्धव उपाध्याय ÷ महेन्द्रप्रकाश सिवाकोटी –
    यस बाहेक पनि उहाँको भनेर कार्य पूरा गरेका दृष्टान्त कैयौ भेटिन्छन् ।
    मनपर्ने कुराहरु ः
    – उहाँलाई घरपरिवारको वातावरण मन पर्दथ्यो ।
    – भजन र केही मेलोडियस गीत सुन्ने र गुनगुनाउने गर्नुहुन्थ्यो ।
    – उहाँलाई धेरैजनासँग बसेर खाना खान आनन्द आउँथ्यो ।
    – सफा कपडा लगाउने, कोठा सफा सुग्घर राख्ने, ओड्ने ओछ्याउने तथा उहाँले प्रयोग गर्ने झुल सफा भएको हुनुपर्दथ्यो ।
    – डिपार्टमेन्टल स्टोरमा गएर नयाा प्रविधिका सामानहरु किन्न मन पराउनुहुन्थ्यो ।
    – बाल्यकालमा नौटंकी हेर्ने सोख थियो ।
    – सफा टिपटप हेन्डसम भएर बस्न र क्रिम परफ्युम प्रयोग गर्न रुचाउनु हुन्थ्यो ।
    – उहाँको सबैभन्दा धेरै मनपर्ने ठाउँ विराटनगर नै थियो र त्यहाँ गइरहन मन पराउनु हुन्थ्यो ।
    – केटाकेटीसँग गफ गर्ने, उनीहरुलाई भुत झै बनेर जिस्काउने, खेल्ने र उनीहरुलाई सामान किनिदिने बानी थियो ।
    – सबैभन्दा मन पर्ने घरपरिवारका मानिसहरुमा बीपी कोइराला, सुष्मा कोइराला, नोना कोइराला, शैलेजा आचार्य, सुशीला कोइराला, सुजाता कोइराला आदि हुनुहुन्थ्यो ।
    – उहाँले युवावस्थामै साईकल, गाडी, बन्दुक चलाउने, घोडा चढ्ने आदि सीप जान्नुभएको थियो । फोटोग्राफीमा पनि उहाँको सौख थियो ।
    जीवनका अन्तिम क्षण ः पाँच÷छ पटकसम्म प्रधानमन्त्री बन्नु भएका सानोबुबा संघीय गणतान्त्रिक नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएर जेठ १४ गते २०६७ सालमा संविधान जारी गरेर राजनीतिबाट विश्राम लिने सोचाईमा हुनुहुन्थ्यो । यसेका लागि उहाँको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र पनि बनिसकेको थियो । उहाँको यो सपना पूरा हुन पाएन । शान्ति स्थापना गरी संविधान निर्माण भएपछि राजनीतिबाट सन्यास लिने अभिलाषा पनि पूरा हुन पाएन । जीवनको अन्तिम क्षणसम्म पनि सहमति, सहकार्य र एकताको मन्त्र जपेरै जानु भयो । मृत्युको दोसाँधमा रहँदासमेत प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र छोरी सुजातालाई आपसमा मिलेर जानुपर्छ भनेर सदाका लागि यस धर्तीबाट बिदा लिनुभयो ।
    गिरिजाबाबु प्रायः सबैका प्रिय हुनुहुन्थ्यो भन्दा दुईमत नहोला । उहाँ कसेका विरुद्ध पनि अपशब्द र गालीगलौजका अभिव्यक्ति दिनुहुँदैनथ्यो । कोइराला निवाससँग जोडिएका छिमेकीको सम्झनामा रानु थापा गिरिजाबाबुलाई सम्झदै आफ्ना विचारहरु यसरी प्रकट गर्नुहुन्छ ः
    म उहाँलाई सानुबाबा भन्थेँ । उहाँ मलाई छोरी भन्नुहुन्थ्यो । मेरो बाल्यकाल सानाुबाबासँग खेल्दै बितेको हो । विराटनगरमा सानुबाबाको र हाम्रा घर जोडिएको छ । उहाँसँग हाम्रो सम्बन्ध एउटा परिवारको जस्तै थियो, हाम्रो बुबाकै पालादेखि । जुन दिनदेखिको घटना म सम्झन सक्छु, त्यही दिनदेखि म उहाँलाई चिन्छु ।
    म सानो छँदै बुबा बित्नुभयो । त्यसपछि म उहाँलाई नै बुबा जस्तै मान्न थालेँ । सानुबाबाले पनि हामीलाई छोरीजस्तै माया गर्नुहुन्थ्यो । उहाँको मायालु व्यवहारले हामीलाई बुबाको कमी कहिल्यै महसुस हुन दिएन । हामी थापा, उहाँ कोइराला । तैपनि हामी एउटै परिवारजस्तो भएर बसेका थियौँ । सानुबाबाकी छोरी सुजाता मेरो केटाकेटीदेखिकै साथी हो । हामी केटाकेटीमा निकै रमाइलो गथ्र्यौ । एक अर्काको घरमा आउनेजाने निकै हुन्थ्यो । हामी कहिले उहाँकोमा खान्थ्यौ–सुत्थ्यौ, कहिले उहाँ हाम्रोमा । हामी कहाँ के पाक्यो सानोबुबाको घरमा थाहा हुन्थ्यो । उता के पाक्यो हामीलाई थाहा हुन्थ्यो ।
    सानुबाबा थोरै खानुहुन्थ्यो, तर मिठो चाहिन्थ्यो । घिउ भनेपछि हुरुक्कै । आँखा चिम्लेर खाने । कस्तो अचम्म गर्ने भने मुमा सुष्मा कोइराला ले घिउ खन्याइदिँदा उहाँ नानाथरि बहाना गरेर टाउको पछाडि फर्काउनुहुन्थ्यो, अलि धेर खसोस् भनेर ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड