
काठमाडौं । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित भारत बिहार राज्य बैशाली ग्राम दाउदनगर-२ बस्ने ३८ वर्षीय मन्जय रामलाई बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । त्यसैगरी चितवन, रत्ननगर नगरपालिका-७ बागमारा मध्यवर्ती सामुदायिक वनमा सोही नगरपालिका-६ बस्ने ७६ वर्षीय नवराज अधिकारी मृत अवस्थामा फेला परेका छन् । झापा, बिर्तामोड नगरपालिका-६ सरस्वती टोल बस्ने भतिज नाता पर्ने तोसक पुरीको घरमा भारत सिक्किम घर भएका ८३ वर्षीय राम प्रसाद पुरी मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, कनकाई नगरपालिका-३ बिहिबारे हटियास्थित पिपलको रूख मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । दैलेख, नारायण नगरपालिका-४ सोत बस्ने ६८ वर्षीय भक्त बहादुर कटुवाल आफ्नै किराना पसलको कोठामा मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तु, वाणगंगा नगरपालिका-२ बैजलपुर बस्ने ५९ वर्षीय मगल सिंह गाहा मगर सोही ठाउँस्थित बैजलपुर सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन् ।









