
काठमाडौं । तनहुँ, ब्यास नगरपालिका-१० बोटेगाँउ बैरेनीस्थित मादी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१३ शिखरौलीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ५० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् । नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-५ स्थित राना फास्ट फुड होटल संचालन गरी बस्ने पर्वत पैयूं गाउँपालिका-७ भोर्ले घर भएका ३६ वर्षीय टेक बहादुर राना सोही होटलको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । ताप्लेजुङ, सिरिजंगा गाउँपालिका-३ ओर्पा घर भई फुङलिङ नगरुपालिका-५ बुद्ध चोकमा डेरा गरी बस्ने ५२ वर्षीया सृजना लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । जाजरकोट, नलगाड नगरपालिका-१ बस्ने ३८ वर्षीय हरिस बिक सोही ठाउँस्थित कोदेको जंगलमा भीरबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।









