• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:31 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुन प्रकरणमा महरा र उनका छोरा राहुल तानिने

  • ३० श्रावण २०८०, मंगलवार १९:०५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौं उपत्यकामा सुकुम्बासी व्यवस्थापन सम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन् । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरू उपस्थित थिए । बैठकमा तीनकुनेमा अधिग्रहित जग्गा नेपाल सरकारको नाममा आइसकेको परिस्थितिमा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या कसरी गर्ने एवं तीनकुने जडीबुटी अन्डरपासको काम कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । छलफलमा काठमाडौं उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पुर्‍याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न विकल्पबारे छलफल भएको थियो । त्यसैगरी तस्करी गरेर ल्याइएको बरामद सुन छुटाउन पहल गरेको आरोप लागेका र अनुसन्धान प्रतिवेदनमा समेत नाम भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कारवाहीमा तानिन सक्ने भएका छन् । सरकारको उच्च तहले प्रहरीले सुन प्रकरणको अनुसन्धान प्रतिवेदनमा यी दुवैको नाम उल्लेख गरेको र नाम हुँदा हुँदै पनि थप अनुसन्धान अघि नबढाउँदा सरकारको साख खस्किएको विश्लेषण गरेको छ । अनुसन्धान प्रतिवेदनमा नाम आइसकेपछि त्यसको छिनोफानो नगरी अघि बढ्ने अवस्था नहरेको विश्लेषण उच्च तहको छ । यसले गर्दा उपाध्यक्ष महरा र उनका छोरा राहुल कारबाहीमा तानिने सम्भावना बढेको हो । महरा र उनका छोरा राहुल माथि चिनियाँ व्यापारीको सुन छोड्न भन्सारका कर्मचारीलाई पटक-पटक फोन गरेर दबाब दिएको आरोप लागेको छ । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए । पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड