
काठमाडौं । वैजनाथ गाउँपालिका-८ हसनापुर बस्ने ४५ वर्षीय हेमन्त बुढाको करेन्ट लागेर साँझ मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको विद्युतीय मोटर जोडेको धारामा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैबीच कनकासुन्दरी गाउँपालिका-६ बस्ने १९ वर्षीया मैना सार्कीको सोही ठाउँस्थित हिमा नदीमा डुबेर दिउँसो मृत्यु भएको छ । बालुवा निकाल्ने क्रममा नदीमा डुबेर अशक्त भएकी उनको स्थानीय पाण्डप गुफा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यसैगरी रूकुम (पश्चिम), मुसिकोट नगरपालिका-११ भलक्चा बस्ने ५९ वर्षीय पिताराम नेपाली सोही ठाउँस्थित सिस्नेखोली जंगलमा मृत अवस्थामा फेला परेका छन् । गत साउन १७ गते घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । झापा, भद्रपुर नगरपालिका-७ सरस्वती चोक बस्ने ४० वर्षीय सनम कुमार लुइटेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।









