
काठमाडौं । बुटवल उपमहानगरपालिका-१३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा सिंह निर्माण सेवा मार्माकार दार्चुलाले लिएको ठेक्कामा काम गर्दै आएका बैतडी सुर्नया गाउँपालिका-२ घर भएका ४२ वर्षीय हरिस बहादुर चन्दको करेन्ट लागेर दिउँसो मृत्यु भएको छ । विद्युतको पोलबाट टेलिकमको तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









