
काठमाडौं । रूपन्देही, सियारी गाउँपालिका-७ बनगाई बस्ने १८ वर्षीय राजेश यादवको करेन्ट लागेर राति मृत्यु भएको छ । आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ उजेनी बस्ने ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि रहेको बिजुलीको पोलमा बालेको बत्ती निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।









