
-मित्रसेन दाहाल-
अझ घरधनीको हुर्केकी छोरी छ भने त उसले परिवार नभएकोलाई अर्थात् विवाह नगरेको व्यक्तिलाई घर नै भाडामा दिँदैन । कसैका छोराछोरी रोएका भरमा पनि डिस्टब भयो भनेर डेरावालालाई घरधनीले खेद्ने गरेका घटना हाम्रै सामु छन् ।
काठमाडौका सबै घरधनी नराम्रा भने छैनन् । म नै २०४५ सालतिर सामान्य लेखपढ गर्न जान्ने एक देवन्तीदेवी रौनियार को डेढ रोपनीको कम्पाउण्ड भएको डिल्लीबजारको घरमा बसेको थिएँ । आजसम्म पनि त्यो मेरै जिम्मा छ । यद्यपि त्यस घरमा अहिले म बस्दिनँ । मेरो मित्र प्याब्सनको महासचिव तथा सूर्योदय स्कुलका प्रिन्सिपल लक्ष्यबहादुर केसी बस्छन् । देवन्तीदेवीले आफनो घरको बनावट नै बिगोर आफनो घरको छतमा तलासमेत थपिदिएकी थिइन्, भाडावालाका लागि । वास्तवमा घरधनी र भाडावालाको समन्वय नङ र मासुको जस्तो हुनुपर्ने हो । तर, यहाँ त आप्mनो लगानीमा अर्कोको घरमा बिजुलीको सुविधा अपग्रेड गरिदिन खोज्दा पनि नदिने हिमांशु नेपालजस्ता व्यक्ति पनि छन् । यस्ता राष्ट्रिय सोच नभएका र संकुचित भावनाले ग्रस्त व्यक्तिले भाडावालासित कस्तो व्यवहार गर्ने भन्नेबारे अनपढ देवन्तीदेवीजस्ता व्यक्तिसँग सम्पर्क गरी घरधनी र भाडावालाको सम्बन्ध सुमधुर कसरी बनाउने भन्ने ज्ञान सिक्नुपर्दछ ।
काठमाडौ उपत्यकामा डा. हिमांशु नेपाल जस्ता घरधनीहरु आफूलाई उपल्लो दर्जाको नागरिक ठान्ने गर्दछन् । घरधनी र भाडावालाबीच नोकर र मालिकको जस्तो सम्बन्ध स्थापित गर्न खोज्दछन् । कत्ति दुःखको कुरा छ । यहाँका घरधनीहरुको जीविका नै डेरावाला वा भाडामा बस्नेले दुःख गरेर कमाएर दिएको रगतपसिनाको कमाईको घरभाडाले चलेको हुन्छ । यो कुरा किन काठमाडौमा यस्ता खाले घरधनी बिर्सन्छन् ?
नेपालमा घरभाडासम्बन्धी कुनै खास कानुन बन्नसकेको छैन, भए पनि कार्यान्वयनमा छैन । घर वा कोठाको भाडाको कुनै निश्चित मूल्य पनि तोकिएको छैन । घरधनीले भाडावालालाई मनपरी ढंगले घर वा कोठाको भाडा उठाउने गरेका छन् । घरभाडासम्बन्धी कुनै नियमकानुन नभएका कारणले घरधनीले डेरावालासँग दुईवटा सम्झौता गर्ने गरेको पाइन्छ । क्रमशः
…
मजदुर आन्दोलन र सत्याग्रहका कारण राणाहरुमा विचलन
– अर्जुननरसिंह के.सी. –
महाधिवेशन, महासमिति र सम्मेलन ः आजसम्म काँग्रेसका कतिवटा महाधिवेशन वा सम्मेलन भए र ती अधिवेशन वा सम्मेलनबाट के कस्ता निणर्य लिइए ?
प्रारम्भिक भेला ः भारतका विभिन्न प्रान्तमा छरिएर रहेका नेपालीहरुलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका निम्ति एकै ठाउँमा उभ्याउने उद्देश्यका साथ कार्तिक १५, २००३ सालमा बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस गठन भएको थियो । त्यस संस्थाको संयोजकका रुपमा विश्वेश्वरप्रसाद कोइराला र संस्थापक सदस्यहरुमध्ये कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, ईश्वर बराल, नरेन्द्र रेग्मी आदि हुनुहुन्थ्यो । सुब्बा देवीप्रसाद सापकोटा त्यसको अध्यक्ष हुनुभएको थियो ।
पहिलो महाधिवेशन २००३, कलकत्ता (भवानीपुर) ः २००३ सालको माघ १२ र १३ मा कलकत्ताको भवानीपुरमा महाधिवेशन सुसम्पन्न भयो र त्यही महाधिवेशनले नेपाली राष्ट्रिय काँग्रेसलाई जन्म दिएको थियो । वस्तुतः यो नै काँग्रेसको पहिलो महाधिवेशनका रुपमा स्वीकृत भयो ।
नेपालको जेलबाट उम्केर भारत पुग्नुभएका प्रजापरिषदका नेता गणेशमान सिंह-कृष्णबहादुर प्रधानका नामले सहभागी हुनुभएको थियो । सिंह सहित विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा आदि उत्साही युवाहरुको सत्प्रयासबाट भवानीपुर महाधिवेशनमा नेपाली राष्ट्रिय काँग्रेस गठन भयो । राणा शासनको कोपभाजन भएर नेपालमै जेल जीवन बिताइरहनुभएका प्रजापरिषद्का नेता टंकप्रसाद आचार्यलाई मानार्थ सभापति बनाइयो । यसका पदाधिकारी तथा सदस्यहरुमा – कार्यवाहक सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टी मन्त्री बालचन्द्र शर्मा, प्रकाशन विभाग अध्यक्ष डा. डिल्लीरमण रेग्मी, संगठनमन्त्री कृष्णप्रसाद उपाध्याय भट्टराई र प्रचार र सङ्गगठन निमित्त सदस्य देवव्रत परियार हुनुहुन्थ्यो ।
सदस्यहरुमा डी.एन. प्रधान, गोपालप्रसाद उपाध्याय भट्टराई, लाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरि हुनुहुन्थ्यो ।
दोस्रो महाधिवेशन २००४, बनारस ः मजदुर आन्दोलन र सत्याग्रहका कारण राणाहरुमा प्रशस्तै विचलन सुरु भयो । शासकद्वय आन्दोलनका नेताहरु बन्दी बनाइए । आन्दोलनका नेताहरुलाई छुटाउन प्रक्रिया अघि बढाउने प्रयोजनका लागि २००४ सालमा बनारसमा पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भयो, बीपी कोइरालाको रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मी कार्यवाहक सभापति बन्नुभयो ।
तेस्रो महाधिवेशन २००५ ः बीपीलाई राणाशाहीले पक्राउ गरी बन्दी बनाएको बेला दरभंगा (भारत) मा २००५ साल फागुन १८ गतेबाट तेस्रो महाधिवेशन भयो । महाधिवेशनले पार्टी सभापतिमा बीपी, गोपालप्रसाद भट्टराई र मातृकाप्रसाद कोइरालामध्ये कसलाई सभापति बनाउने भन्ने बहस र विवाद चल्दा आखिर मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्षको रुपमा चयन हुनुभयो । महाधिवेशनमा पार्टी प्रधानमन्त्री बालचन्द्र शर्माले आफ्नो प्रतिवेदन पेश गर्दै हामीले आफ्नो सन्देश गाउँगाउँसम्म पुर्याउन नसकेको, पार्टीको जरो नेपाली भूमिमा पस्न नपाएको भनी स्वीकार गर्नुका साथै राणाविरोधी र प्रजातान्त्रिक शक्ति सबै एकजुट हुनुपर्छ भन्ने महत्वपूणर् निणर्य गर्यो । देशभित्र आन्दोलनले गति लिइरहेको थियो । कार्यकर्ताहरु पक्राउ परिरहेका थिए । त्यसबखत पार्टीलाई सुदृढ पारेर आन्दोलनलाई ऊर्जा प्रदान गर्नुपर्ने भएकाले स्वदेश प्रवेश गर्ने समय आइसकेको थियो । देशभित्र संगठन विस्तार गर्ने अभियानमा लागेकै बेला विश्वेश्वरप्रसाद कोइराला पक्राउ पर्नुभएको थियो ।
चौथो महाधिवेशन २००६, कलकत्ता (टाइगर हल) ः चैत्र २७, २००६ सालमा सम्पन्न, पार्टीको चौथो महाधिवेशनमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरणद्वारा पार्टीलाई नेपाली काँग्रेस नामाकरण गरियो ।
क्रमशः









