• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:45 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राष्ट्रिय सोच नभएका र संकुचित भावनाले ग्रस्त व्यक्ति

  • ४ कार्तिक २०८०, शनिबार १८:००
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    -मित्रसेन दाहाल-
    अझ घरधनीको हुर्केकी छोरी छ भने त उसले परिवार नभएकोलाई अर्थात् विवाह नगरेको व्यक्तिलाई घर नै भाडामा दिँदैन । कसैका छोराछोरी रोएका भरमा पनि डिस्टब भयो भनेर डेरावालालाई घरधनीले खेद्ने गरेका घटना हाम्रै सामु छन् ।
    काठमाडौका सबै घरधनी नराम्रा भने छैनन् । म नै २०४५ सालतिर सामान्य लेखपढ गर्न जान्ने एक देवन्तीदेवी रौनियार को डेढ रोपनीको कम्पाउण्ड भएको डिल्लीबजारको घरमा बसेको थिएँ । आजसम्म पनि त्यो मेरै जिम्मा छ । यद्यपि त्यस घरमा अहिले म बस्दिनँ । मेरो मित्र प्याब्सनको महासचिव तथा सूर्योदय स्कुलका प्रिन्सिपल लक्ष्यबहादुर केसी बस्छन् । देवन्तीदेवीले आफनो घरको बनावट नै बिगोर आफनो घरको छतमा तलासमेत थपिदिएकी थिइन्, भाडावालाका लागि । वास्तवमा घरधनी र भाडावालाको समन्वय नङ र मासुको जस्तो हुनुपर्ने हो । तर, यहाँ त आप्mनो लगानीमा अर्कोको घरमा बिजुलीको सुविधा अपग्रेड गरिदिन खोज्दा पनि नदिने हिमांशु नेपालजस्ता व्यक्ति पनि छन् । यस्ता राष्ट्रिय सोच नभएका र संकुचित भावनाले ग्रस्त व्यक्तिले भाडावालासित कस्तो व्यवहार गर्ने भन्नेबारे अनपढ देवन्तीदेवीजस्ता व्यक्तिसँग सम्पर्क गरी घरधनी र भाडावालाको सम्बन्ध सुमधुर कसरी बनाउने भन्ने ज्ञान सिक्नुपर्दछ ।
    काठमाडौ उपत्यकामा डा. हिमांशु नेपाल जस्ता घरधनीहरु आफूलाई उपल्लो दर्जाको नागरिक ठान्ने गर्दछन् । घरधनी र भाडावालाबीच नोकर र मालिकको जस्तो सम्बन्ध स्थापित गर्न खोज्दछन् । कत्ति दुःखको कुरा छ । यहाँका घरधनीहरुको जीविका नै डेरावाला वा भाडामा बस्नेले दुःख गरेर कमाएर दिएको रगतपसिनाको कमाईको घरभाडाले चलेको हुन्छ । यो कुरा किन काठमाडौमा यस्ता खाले घरधनी बिर्सन्छन् ?
    नेपालमा घरभाडासम्बन्धी कुनै खास कानुन बन्नसकेको छैन, भए पनि कार्यान्वयनमा छैन । घर वा कोठाको भाडाको कुनै निश्चित मूल्य पनि तोकिएको छैन । घरधनीले भाडावालालाई मनपरी ढंगले घर वा कोठाको भाडा उठाउने गरेका छन् । घरभाडासम्बन्धी कुनै नियमकानुन नभएका कारणले घरधनीले डेरावालासँग दुईवटा सम्झौता गर्ने गरेको पाइन्छ । क्रमशः
    …

    मजदुर आन्दोलन र सत्याग्रहका कारण राणाहरुमा विचलन
    – अर्जुननरसिंह के.सी. –
    महाधिवेशन, महासमिति र सम्मेलन ः आजसम्म काँग्रेसका कतिवटा महाधिवेशन वा सम्मेलन भए र ती अधिवेशन वा सम्मेलनबाट के कस्ता निणर्य लिइए ?
    प्रारम्भिक भेला ः भारतका विभिन्न प्रान्तमा छरिएर रहेका नेपालीहरुलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका निम्ति एकै ठाउँमा उभ्याउने उद्देश्यका साथ कार्तिक १५, २००३ सालमा बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस गठन भएको थियो । त्यस संस्थाको संयोजकका रुपमा विश्वेश्वरप्रसाद कोइराला र संस्थापक सदस्यहरुमध्ये कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, ईश्वर बराल, नरेन्द्र रेग्मी आदि हुनुहुन्थ्यो । सुब्बा देवीप्रसाद सापकोटा त्यसको अध्यक्ष हुनुभएको थियो ।
    पहिलो महाधिवेशन २००३, कलकत्ता (भवानीपुर) ः २००३ सालको माघ १२ र १३ मा कलकत्ताको भवानीपुरमा महाधिवेशन सुसम्पन्न भयो र त्यही महाधिवेशनले नेपाली राष्ट्रिय काँग्रेसलाई जन्म दिएको थियो । वस्तुतः यो नै काँग्रेसको पहिलो महाधिवेशनका रुपमा स्वीकृत भयो ।
    नेपालको जेलबाट उम्केर भारत पुग्नुभएका प्रजापरिषदका नेता गणेशमान सिंह-कृष्णबहादुर प्रधानका नामले सहभागी हुनुभएको थियो । सिंह सहित विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा आदि उत्साही युवाहरुको सत्प्रयासबाट भवानीपुर महाधिवेशनमा नेपाली राष्ट्रिय काँग्रेस गठन भयो । राणा शासनको कोपभाजन भएर नेपालमै जेल जीवन बिताइरहनुभएका प्रजापरिषद्का नेता टंकप्रसाद आचार्यलाई मानार्थ सभापति बनाइयो । यसका पदाधिकारी तथा सदस्यहरुमा – कार्यवाहक सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टी मन्त्री बालचन्द्र शर्मा, प्रकाशन विभाग अध्यक्ष डा. डिल्लीरमण रेग्मी, संगठनमन्त्री कृष्णप्रसाद उपाध्याय भट्टराई र प्रचार र सङ्गगठन निमित्त सदस्य देवव्रत परियार हुनुहुन्थ्यो ।
    सदस्यहरुमा डी.एन. प्रधान, गोपालप्रसाद उपाध्याय भट्टराई, लाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरि हुनुहुन्थ्यो ।
    दोस्रो महाधिवेशन २००४, बनारस ः मजदुर आन्दोलन र सत्याग्रहका कारण राणाहरुमा प्रशस्तै विचलन सुरु भयो । शासकद्वय आन्दोलनका नेताहरु बन्दी बनाइए । आन्दोलनका नेताहरुलाई छुटाउन प्रक्रिया अघि बढाउने प्रयोजनका लागि २००४ सालमा बनारसमा पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भयो, बीपी कोइरालाको रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मी कार्यवाहक सभापति बन्नुभयो ।
    तेस्रो महाधिवेशन २००५ ः बीपीलाई राणाशाहीले पक्राउ गरी बन्दी बनाएको बेला दरभंगा (भारत) मा २००५ साल फागुन १८ गतेबाट तेस्रो महाधिवेशन भयो । महाधिवेशनले पार्टी सभापतिमा बीपी, गोपालप्रसाद भट्टराई र मातृकाप्रसाद कोइरालामध्ये कसलाई सभापति बनाउने भन्ने बहस र विवाद चल्दा आखिर मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्षको रुपमा चयन हुनुभयो । महाधिवेशनमा पार्टी प्रधानमन्त्री बालचन्द्र शर्माले आफ्नो प्रतिवेदन पेश गर्दै हामीले आफ्नो सन्देश गाउँगाउँसम्म पुर्‍याउन नसकेको, पार्टीको जरो नेपाली भूमिमा पस्न नपाएको भनी स्वीकार गर्नुका साथै राणाविरोधी र प्रजातान्त्रिक शक्ति सबै एकजुट हुनुपर्छ भन्ने महत्वपूणर् निणर्य गर्‍यो । देशभित्र आन्दोलनले गति लिइरहेको थियो । कार्यकर्ताहरु पक्राउ परिरहेका थिए । त्यसबखत पार्टीलाई सुदृढ पारेर आन्दोलनलाई ऊर्जा प्रदान गर्नुपर्ने भएकाले स्वदेश प्रवेश गर्ने समय आइसकेको थियो । देशभित्र संगठन विस्तार गर्ने अभियानमा लागेकै बेला विश्वेश्वरप्रसाद कोइराला पक्राउ पर्नुभएको थियो ।
    चौथो महाधिवेशन २००६, कलकत्ता (टाइगर हल) ः चैत्र २७, २००६ सालमा सम्पन्न, पार्टीको चौथो महाधिवेशनमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरणद्वारा पार्टीलाई नेपाली काँग्रेस नामाकरण गरियो ।
    क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड