• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 02:45 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • २४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कृषि प्राविधिक सेवा सहज र शुलभ हुनुपर्ने माग

  • ४ कार्तिक २०८०, शनिबार १८:०२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । गण्डकी प्रदेशमा ४ लाख १२ हजार कृषक परिवार रहेको तथ्यांक कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणनामा गण्डकी प्रदेशमा १ लाख ७३ हजार हेक्टर जमिनमा कृषि हुने गरेको छ । तथ्यांक कार्यालयका अनुसार कास्की जिल्लामा ५३ हजार २ सय २८ कृषक परिवारले १९ हजार १ सय ६४ हेक्टरमा कृषि कार्य गर्ने गरेका छन् । कास्कीमा ५३ हजार २ सय २८ कृषक परिवार छन् भने १९ हजार १ सय ६४ हेक्टर जमिनमा कृषि कार्य हुने गरेको छ । कृषिमा महिलाको नेतृत्व पनि बढेको तथ्यांकले देखाएको छ । तथ्यांक कार्यालय गण्डकीका अनुसार गण्डकीमा ६५.९ प्रतिशतको आम्दानीको मूल श्रोत कृषि रहेको जनाइएको छ । कास्कीमा भने ४९.२ प्रतिशतको आम्दानीको मूल श्रोत कृषि छ । त्यस्तै, कृषिबाट वर्षभरी खान पुग्ने कृषक परिवारको संख्या गण्डकीमा ३५ प्रतिशत र कास्कीमा ३९ प्रतिशत रहेको तथ्यांक कार्यालय गण्डकी प्रदेशका संयोजक बद्री कार्कीले जानकारी दिए । गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन् । तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ । हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन् । यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएका थिए । हरेक दश वर्षमा गरिने राष्ट्रिय कृषि गणना २०७८ सालकै भएकाले त्यसबेलाको तथ्यांकलाई अहिले सार्वजनिक गरिएको कार्यालय प्रमुख कार्कीको भनाई छ । गण्डकीका कृषकले दोश्रो प्रमुख मागका रुपमा सिंचाई सुविधा राखेका छन् । यस्तो माग राख्नेको संख्या ४८ प्रतिशत छन् भने कृषि प्राविधिक सेवा सहज र शुलभ हुनुपर्ने तथा तालिमको व्यवस्था हुनुपर्ने माग गर्ने कृषक परिवारको संख्या २७/२७ प्रतिशत छ । कृषि गणनाका समयमा १८ प्रतिशत कृषकले उन्नत नश्ल र उन्नत बिउ बिजन उपलब्ध गराउन माग गरेका छन् भने १२ प्रतिशतले उत्पादनको उचित बजार व्यवस्थापन हुनुपर्ने बताएका छन् । गण्डकीमा बिमामा पहुँच रहेको कृषकको संख्या ६.८ प्रतिशत मात्र रहेको छ । कृषि र पशुमा सरकारले ७५ प्रतिशतसम्म प्रिमियम अनुदान दिने गरेपनि विमा गर्ने कृषकको संख्या अत्यन्त न्यून देखिएको हो । कास्कीमा भने विमा गर्ने कृषकको संख्या ८.३ प्रतिशत रहेको तथ्याङ्क कार्यालय गण्डकीले जनाएको छ । देशमा परिवारको संख्या ५४ लाखबाट बढेर साढे ६६ लाख पुगेको राष्ट्रिय तथ्यांक कार्यालयका उपनिर्देशक जग्गुलाल बस्यालले जानकारी दिए । परिवार संख्या बढेपनि कृषि गर्ने परिवार भने तीन लाख मात्र थपिएको उनले बताए । उनका अनुसार कृषि गणनामा पछिल्लो १० वर्षमा हिमालमा २१.७, पहाडमा १९.७ र तराईमा ११ प्रतिशतले कृषियोग्य भूमि घटेको छ । गण्डकीमा ट्रयाक्टरको प्रयोग गरेर कृषि गर्ने कृषकको संख्या २४ प्रतिशत, हलो प्रयोग गर्ने १५.५ प्रतिशत, पावर ट्रिलर प्रयोग गर्ने कृषकको संख्या १७.८ प्रतिशत रहेको जनाइएको छ । जबकी कास्कीमा हलो १६ प्रतिशत, ट्याक्टर ३८ प्रतिशत र पावर ट्रिलर २४.७ प्रतिशतले प्रयोग गर्नेगरेको तथ्याङ्क रहेको बस्यालले जानकारी दिए । तथ्याङ्क कार्यालयका अनुसार गण्डकीमा गोरुको संख्या साढे २ लाख, राँगाभैंसीको संख्या ४ लाख ४८ हजार, बाख्रा खसी १५ लाख ७८ हजार, सुंगुर, बंगुर १ लाख ३४ हजार रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ॅपार्वती’को गीत सार्वजनिक

    मनसुन सक्रिय हुन नसक्दा धान रोपाइँ प्रभावित

    गरिमा बंैकलाई “कर्पोरेटबिजनेस अवार्ड २०२६” प्रदान

    ग्लोबल बैंकको जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता

    अर्थ मन्त्रीद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैया“को बजेट प्रस्तुत

    बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड