• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:46 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली का“ग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने

  • १९ कार्तिक २०८०, आईतवार १८:३५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । सरकारले जाजरकोट भूकम्पपछि राहत र उद्धार केन्द्रित १८ वटा निणर्यहरु गरेको छ । मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले विभिन्न १८ वटा निणर्यहरु गरेको हो । जसमा संवत् २०८० कार्तिक १७ राति ११ः ४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर) गएको भूकम्पका कारण ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्ने, उक्त भूकम्पमा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने, खोज, उद्धार, तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिने, साथै, भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने, सुर्खेतलाई मुख्य सम्पर्कस्थल र नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाई खोज, उद्धार र राहतसम्बन्धी कार्य एकद्वार प्रणालीबाट व्यवस्थापन मिलाउने, मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने, भूकम्पपश्चात खोज, उद्धार, राहत र घाइतेको उपचारमा खटिने सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति एवं संघसंस्थालाई विशेष धन्यवाद दिंदै जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी यसलाई निरन्तरता दिन आग्रह गर्ने, प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेलाई धन्यवाद दिंदै सहयोगका लागि अपिल गर्ने, भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने, क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने, जीविकाका स्रोत संरक्षण र पशुधन सुरक्षाको व्यवस्था मिलाउने, राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नियमाअनुसार दैनिक खाना खाजा खर्च उपलब्ध गराउने, सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने, पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने, भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने, भूकम्पबाट प्रभावित व्यक्तिहरुको सरकारी स्वास्थ्य संस्थाहरुले निःशुल्क उपचारको व्यवस्था गर्ने, राष्ट्रिय विपद्को यस घडीमा धैर्यधारण गर्न सबैलाई आग्रह गर्ने, सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा वस्ती विकास गर्ने व्यवस्था मिलाउने, विपद् प्रभावितहरुका लागि आवश्यक पर्नसक्ने राहत तथा उद्धार सामग्रीहरुको पूर्वतयारी स्वरुप मौज्दात राख्ने निणर्यहरु छन् । त्यसैगरी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूणर्बहादुर खड्काले भूकम्पमा ज्यान गुमाएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कणर्ाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो । उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले राज्यको सम्पूणर् संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै तत्काल राहत वितरण सुरू गरिने जानकारी दिएका छन् । उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताएका छन् । त्यसैगरी नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले सो निणर्य गरेको हो । महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी गराएका छन् । यसअघि काँग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निणर्य भएको थियो । कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुको उद्धार र राहतका लागि तत्काल ५० लाख उपलब्ध गराउने निणर्य पनि गरेको छ । त्यस्तै अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड