
– अर्जुननरसिंह के.सी. –
२०५४ नेपालगञ्ज (बाँके) ः तत्कालीन काँग्रेस केन्द्रीय समिति विघटन गरेर नयाँ कार्यसमिति बनाउने, तरुणदलको पुनःस्थापना गर्ने, भ्रष्टाचारका आरोपीमाथि छानबिन तथा कारबाही गर्ने । २०६४ असोज, बीपीनगर, ललितपुर ः संवैधानिक राजतन्त्र विधानबाट हटाउने र राजतन्त्र निरपेक्ष पार्टीको रुपमा काँग्रेसको पहिचान स्थापना गर्ने, नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण गर्ने । २०६६ कार्तिक, कमलादी (काठमाडौं) ः काँग्रेस केन्द्रीय कार्यसमिति समावेशी संरचनासहित ८८ सदस्यीय बनाउने गरी पार्टी विधानमा संशोधन, पार्टी सामुहिक नेतृत्वमा सञ्चालन गर्ने । २०६९ चैत, त्रिवेणीधाम (नवलपरासी) ः नेपाल एकीकरणभन्दा अघिदेखि नेपालमा स्थायी बसोबास गर्दै आएका सबै जातजातिलाई काँग्रेसले आदिबासीको मान्यता दिने, मधेसी समुदायको मुद्दालाई सम्बोधन गर्ने, प्रदेश संख्या निश्चित गर्ने, संविधानसभाद्वारा संविधान बनाउने क्रममा लोकतान्त्रिक मूल्य मान्यतामा दृढ रहने । २०७५ मंसिर २९ देखि पुस ९ सम्म ः पार्टीको विधान पारित, पार्टीको केन्द्रीय समितिमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ९ सहमहामन्त्री विभिन्न जाति र पिछडिएको वर्गबाट समावेशी भई महाधिवेशनबाट निर्वाचित हुने, केन्द्रीय समिति १६७ सदस्यीय हुने, पार्टी केन्द्रीय कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनयन गर्ने, महासमितिका बहुमत सदस्यले नेपाललाई हिन्दुराज्य घोषणाको संवैधानिक प्रक्रियामा जान ज्ञापनपत्र बुझाए पनि अनिणर्ित ।
स्थापनादेखि २०७८ सम्मका पार्टी सभापति
स्थापनादेखि २०७७ सम्म काँग्रेसमा को को सभापति भए ?
टंकप्रसाद आचार्य ः २००३ साल, मानार्थ सभापति, नेपाली राष्ट्रिय काँग्रेसको स्थापनामा, कार्यकारी सभापति बीपी कोइराला । मातृकाप्रसाद कोइराला ः २००४ साल, कार्यबाहक सभापति नेपाली राष्ट्रिय काँग्रेस । महेन्द्रविक्रम शाह ः २००५ साल, नेपाल प्रजातन्त्र काँग्रेसका संस्थापक सभापति, कलकत्ता । बीपी कोइराला ः २००९ साल पाँचौ महाधिवेशन, जनकपुर । सुवणर् शम्शेर ः २०१२ साल, छैठौ महाधिवेशन, वीरगञ्ज । बीपी कोइराला ः २०१४ साल, विशेष महाधिवेशन, विराटनगर । बीपी कोइराला ः २०१७ साल, सातौ महाधिवेशन, काठमाडौं । कृष्णप्रसाद भट्टराई ः २०३४ साल, बीपीद्वारा कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान । कृष्णप्रसाद भट्टराई ः २०४८ साल, आठौ महाधिवेशन, झापा । गिरिजाप्रसाद कोइराला ः २०५३ साल, नवौ महाधिवेशन, काठमाडौं । गिरिजाप्रसाद कोइराला ः २०५७ साल, दशौ महाधिवेशन, पोखरा । गिरिजाप्रसाद कोइराला ः २०६२ साल, एघारौं महाधिवेशन, काठमाडौं । सुशील कोइराला ः २०६७ साल, बाह्रौ महाधिवेशन, काठमाडौं । शेरबहादुर देउबा ः २०७२ साल तेहौं महाधिवेशन, काठमाडौं ।
स्थापनादेखि २०७८ सम्मका पार्टी महामन्त्री
२००३ कार्तिक १५ गते कृष्णप्रसाद भट्टराई (किसुनजी) अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसका प्रधानमन्त्री हुनुभयो । २००३ साल माघ १२ र १३ गते भएको नेपाली राष्ट्रिय काँग्रेसको प्रथम राष्ट्रिय सम्मेलनले बालचन्द्र शर्मालाई पार्टीको मन्त्री बनायो । दुई काँग्रेसको एकीकरण भएर नेपाली काँग्रेस बनेपछि २००६ चैत्र २७ गते महेन्द्रंविक्रम शाह महामन्त्री बन्नुभयो । २००९ साल जेठमा सम्पन्न जनकपुर (पाँचौ) महाधिवेशनपछि सभापति बीपी कोइरालाले धनमानसिंह परियार र राजेश्वरीप्रसाद उपाध्यायलाई महामन्त्रीमा मनोनित गर्नुभयो ।
२०१२ साल माघमा सम्पन्न वीरगञ्जको छैठौ महाधिवेशनपछि सभापति सुवणर् सम्शेरले विश्वबन्धु थापा र डा. तुलसी गिरिलाई महामन्त्रीद्वय मनोनित गर्नुभयो । २०१४ सालमा विराटनगरमा सम्पन्न विशेष महाधिवेशनपछि सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीद्वय बनाइयो । क्रमशः









