
भरत भूर्तेल
रामवरणजीलाई पुलिसका आँख छलेर सीमापारी पूगनुभयो ।
कलेज विदाका बेलाका भएका यी गतिविधि औपचाकिर रुपले पार्टी सङ्गठन निर्माणका निम्ति भएका थिएनन् । यी विशुद्ध अनौपचारिक र भावनात्मक रुपले भएका काम थिए । मित्रहरुले बृत्त फराकिलो बनाउँदै तिनमा पंक्तिबद्धा थप्दै जानु तथा सैद्धान्तिक र वैचारिक धारणालाई स्पष्ट पार्दै जानु त्यसबेलाको काम थियो ।
प्रजातान्त्रिक व्यवस्थाको स्थापना भनेका हरेक जनताका छोराछोरीले राजकीय सत्ताको उपल्लो तहसम्म पुग्न सक्ने प्रत्याभूति हो । यसरी रामवरणजी समूह सामु आफ्ना धारणा राख्नु हुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो एउटा किसानको छोरो जनताबाट चुनिएर जान्छ र ऊ मन्त्री, प्रधानमन्त्रीसम्म हुन्छ । जबसम्म किसानका प्रतिनिधि, मजदुरका प्रतिनिधि, गरिब जनतका प्रतिनिधि सरकारमा पुग्दैनन् तबसम्म देशको उन्नति हुँदैन ।
रामवरणजी भन्नुहुन्थ्यो – प्रजातन्त्र अवश्य आउँछ र तिमी हामी एक दिन पक्कै मुलुक सञ्चालन गर्ने ठाउँमा पुग्दछौं । त्यसबेला रामवरणजीमा देखिएको आत्मविश्वास र उहाँको अभिव्यक्ति सम्झेर अहिले पनि उहाँका भजिता सूर्यनारायण यादव, जगनारायण र धरम यादव रोमान्चित हुन्छन् । यस क्रममा भाइ रामलगनले आफूलाई सामाजिक रुपले निकै अघि बढाउनु भएको थियो । उहाँ राजनीतिक रुपले समेत नेपाली काँग्रेसप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । यादव परिवार विस्तारै नेपाली काँग्रेसप्रति प्रतिबद्ध हुँदै गयो । रामलगनजी त्यसमध्ये सार्वधिक सक्रिय हुनुहुन्थ्यो । बाँकी कार्य भतिजा आ-आफ्ना ढङ्गले सहानुभूतिशील थिए । बीपीले भन्नुभएको प्रजातन्त्रको सन्देश सम्भवतः यही थियो । कलकत्ता र सपहीबीच ओहोरदोहोरको क्रम चलिरह्यो । रामवरणजी अब केबल प्रजातन्त्रप्रति समर्पित वा शुभचिन्तक मात्र रहनु भएन बरु विद्यार्थी तहको कार्यकर्ताका रुपमा पनि स्थापित हुनुभयो । नेपाली काँग्रेसका नेता गणशमान सिंह पटकपटक कलकत्ता आउनेजाने गर्नुहुन्थ्यो । रामवरणजीलाई बीपी कोइराला बनारसबाट दुई पटक आउनु भएको सम्झना छ । एकपटक फागुन सातमा प्रजातन्त्र दिवसको अवसर पारेर उहाँलाई कलकत्ता स्थित विद्यार्थीहरुले नै निम्ता दिएका थिए । कलकत्तामा विद्यार्थी रहँदा सरोजप्रसाद कोइराला र सीके प्रसाई पनि पुगेको कुरा रामवरणजीलाई सम्झना छ । सरोजप्रसाद आफ्ना क्षेत्रकै लोकप्रिय नेता हुनुहुन्थ्यो भने सीके प्रसाई झापाका हुनुहुन्थ्यो र मृदुभाषी प्रसाई नेपाली काँग्रेसभित्र विद्वान्का रुपमा कहलिनु भएको थियो ।
अवसादको आँधीवेहरी ः
कलकत्ताको बसाइले छ वर्ष नाघिसेको थियो । विक्रम संवत् २०३० सालको कार्तिक महिनाको कुनै एक दिन बिहानपख कलेजको छात्राबासमा आईपुगेको समाचार पत्रमा एउटा अशुभ खबर छापिएको थियो । समाचारपत्रमा नेपाली काँग्रेसका लोकप्रिय नेता सरोजप्रसाद कोइरालको हत्या भएको समाचार छापिएको थियो । समाचार पढेर रामवरणजीहरुको समूह स्तब्ध भयो । उहाँहरुले कलकत्तामा उपलब्ध हुने सबैजसो प्रमुख समाचारपत्रहरु दि स्टेट्सम्यान, हिन्ुदस्तान टाइम्स, अमृत बजार पत्रिका, आनन्द बजार पत्रिका आदि ल्याएर पढ्नु भयो । सबै समाचार पत्रमा सरोजप्रसाद कोइरालको निर्मम हत्या भएको खबर थियो । प्रजातान्त्रिक आन्दोलनका एक प्रभावशाली र प्रतिबद्ध योद्धाको हत्याको समाचारले कलकत्तमा भएका सबै प्रजातन्त्रवादीलाई स्तब्ध बनायो । जनकपुर क्षेत्रकै भएका कारणले रामवरणजी र धु्रव शर्माजीलाई घटनाले विशेष दुःखी बनायो । यो घटना कसरी भयो ? यस षड्यन्त्रपछिको कारण के थियो ? यी यादत प्रश्न सबैक ामनमा आउथ्यो । सराजेप्रसाद कोइरालाको हत्या सम्बन्धमा कहिल्यै उचित र आवश्यक अनुसन्धान त भएन तर हत्यामा संलग्न हुनेहरुबारेको चर्चा भने प्रशस्त भइरह्यो । जनकपुर त्यो ठाउँ हो जहाँ राजा महेन्द्रलाई बम हानियो । क्रमशः









