• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:33 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  समाचार
  • १३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अनिवार्य आम्दानी रकम भन्सारबाट उठ्न सकेन

  • ५ फाल्गुन २०८०, शनिबार १९:००
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – अर्जुननरसिंह के.सी. –
    पहिले नेपालगञ्ज र पछि गोग्राहा बजार नामको फुसका झुपडीको साँघुरो बजारलाई विराटनगर नामकरण गर्नुका साथै विद्यालय, मन्दिर, हुलाक, बजारअड्डा स्थापित गर्न र राम्रा व्यापारीहरुलाई विराटनगरमा ल्याएर विराटनगरको गुल्जार गराउनमा उहाँको विशेष योगदान थियो । चन्द्र शम्शेरको पालामा केही अवधिसम्म खरदारको जागिर खाएकोले उहाँलाई खरदार बाजे र पिताजी भनिन्थ्यो, नेपालको युगान्तकारी परिवर्तनको महत्वपूणर् कालखण्डमा प्रधानमन्त्री बनेका ३ सुपुत्रका पिताजी को पूर्वाञ्चलकै शिक्षा विकासमा योगदान थियो । पाहुना पाल्ने र पत्र लेख्ने उहाँको शोखर नै थियो । दरबाररिया लवज र शैलीको प्रभाव आफ्नो परिवारमा नपरोस् भनेर बुबा को सट्टा पिताजी बोलाएको बेला हजुर भन्ने जवाफको सट्टा आज्ञा जस्ता शब्द उहाँले प्रचलनमा ल्याउनुभयो । आफ्नो कुरालाई सत्य बनाउँदा किरिया कसम खाने, दुई अक्षरका अश्लील बोलीमा उहाँको कडा प्रतिबन्ध थियो ।
    कृष्णप्रसादको जन्म सिन्धुलीको दुम्जा गाउँमा वि.सं. १९२६ मा भएको थियो र स्थायी बसोबास तीनजना दाजुहरुको साथ विराटनगरमा भयो । व्यापारको सिलसिलामा कलकत्ता आवतजावत बढेपछि उहाँमा राजनीतिक चाख र कृयाकलाप बढ्नथाल्यो । छोरी तथा बुहारीलाई पनि छोरासरह शिक्षा दिने, उनीहरुलाई पौडी खेल्न, घोडा चढ्न लगायतका आत्मनिर्भरवादी शिक्षा दिनमा उहाँको जोड हुन्थ्यो ।
    चन्द्र शम्शेरको शासनमा पहिले त शासन सत्तासँग कृष्णप्रसाद कोइरालाको राम्रो सम्बन्ध थियो । उहाँकै सल्लाहमा चन्द्र शम्शेरकी पत्नी अध्यक्ष र उहाँकी धर्मपत्नी दिब्या कोइराला सचिव भएको नेपालमा पहिलोपटक महिला समिति गठन भएको थियो । भन्सारको सरकारी आम्दानी उठाएर दाखिला गर्न अमानतमा भन्सारको ठेक्का दिने त्यो बेलाको प्रचलनअनुरुप कृष्णप्रसादले ठेक्का पाउनु भएको थियो । तर सरकारले तोकिदिएको अनिवार्य आम्दानी रकम भन्सारबाट उठ्न सकेन । सरकारी हिसाब बुझाउने ताकेता र दबाब बढ्न थालेपछि, कंगाल जनता बसेको मुलुकमा कसरी सरकारको भन्सार उठ्नसक्छ भन्ने सांकेतिक विरोध देखाउन, एकदिन कृष्णप्रसाद कोइरालाले सिराहाको माडर चन्द्रगञ्ज मा झुत्रा चिथरा लुगा लगाएर पहाडबाट आएका गरिब भरियाको समुहमध्ये एकजनाको लुगा नयाँ लुगासँग साटेर पार्सल गरी चन्द्र शम्शेरकहाँ पठाईदिनु भयो । त्यसपछि क्रुद्ध चन्द्र शम्शेरले उहाँलाई सर्वश्वहरण गरी पक्राउ गर्ने तारतम्य गर्न थालेको थाहा पाएपछि उहाँ भारत निर्वासनमा जानुभयो ।
    चन्द्र शम्शेरको शासन रहँदासम्म उहाँ ठूलो परिवारसहित बनारसमा बस्न पुग्नुभयो । बनारसमा बस्दा उहाँसहित देवीप्रसाद सापकोटा, सूर्यविक्रम ज्ञवाली, धरणिधर कोइराला मिलेर गोर्खाली नामक पत्रिका चलाउनु भयो । फालिदेउ डरको अब थैलो…. जस्ता कविता र चन्द्र शम्शेर शासनको रहस्य र पोल खोल्ने विवरण उहाँले छपाउने गर्दा चार वर्षपछि ब्रिटिश शासनले सो पत्रिकामा प्रतिबन्ध लगायो । त्यसपछि उहाँ हिन्दुस्तानका विभिन्न ठाउँमा यायावर जीवन बिताउँदै भौतारिँदै अन्त्यमा कोशी नदी किनार बिहारको दीपनगर टेडी भन्ने ठाउँमा फुसको झुपडी हालेर बस्न थाल्नुभयो । त्यहाँ उहाँले महात्मा गान्धीको सावरमती आश्रमबाट प्रभावित भएर त्यस्तै बनाउने प्रयासका साथ, आदर्श विद्यालय नामक स्कुल पनि चलाउनु भएको थियो ।
    भीम शम्शेर शासनमा आएपछि वि.सं. १९८६ मा उहाँले माफी पाएर निर्वासनबाट स्वदेश फर्किदा सो विद्यालयलाई उहाँले विराटनगरमा सार्नुभयो । काठमाडौं उपत्यकाबाहिर स्थापित भएको त्यो नै एकमात्र हाईस्कुल थियो । आदर्श विद्यालयले विराटनगरमा शैक्षिक क्रान्ति ल्यायो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड