
भरत भूर्तेल
के बिश्वास गरिन्थ्यो भने पञ्चायती शासनकालमा महत्वपुणर् प्रशासकका रुपमा नियुक्ति पाउने अञ्चलाधिसहरुमाथि यिनको कृपादृष्टि आवश्यक पर्दथ्यो ।
यस पृष्ठभुमिबाट हेर्दा किसान आन्दोलनको नेतृत्व लिएर आफ्नै जमिनका मोहिहरुलाई भड्काउने सरोज प्रसादको हत्यामा दामोदर शमशेरहरुले लिलाराज बिष्ट जस्ता अञ्चलाधिसको प्रयोग गरेको पनि हुन सक्दछ । जे भए पनि सरोज प्रसाद कोईरालाको हत्या नेपालको प्रजातान्त्रिक आन्दोलनका पक्षमा भएको गम्भिर क्षति थियो । जसले कतिपय प्रजातन्त्रवादी युवाहरुलाई बिक्षिप्त बनाई दियो । अनि रामवरणजी, धुब्र शर्माजी लगायतका युवाहरुलाई क्षुब्ध बनायो । कोईरालाको हत्यापछि रामवरणजी पञ्चायत र पञ्चायतको रक्षा गर्ने राजाका बिरुद्धमा अझ मुखर हुनुहुन्थ्यो । उहाँलाई सम्झना छ , सरोज प्रसाद कोईरालाको हत्या भएपछि उहाँ सपहि आउनु भएको बेला राजाका बिरुद्ध चर्को आलोचना गर्नु भयो । पिताजी र थानी अधिकारीले राजा र देबताको आलोचना गर्नु हुदैन भनेर प्रतिवाद गर्न खोज्नु भयो ।
रामवरणजीले गरिब किसान मोहिहरुका पक्षधर सरोजबाबु जस्ता सज्जनको हत्या गर्ने राजाको किन आलोचना नगर्ने ? भन्नु भयो । पिताजीले यस बाद बिबादमा सहभागि हुन रुचाउनु भएन । बरु जे सुकै गर भन्ने भावले त्यहाँबाट उठेर हिडनु भयो ।
सरोज प्रसाद कोईरालाको हत्याले रामवरणजी जस्ता युबाहरुलाई उतेजित पार्नु स्वभाविक पनि थिएन । आफु स्वयम सम्पन्न परिवारको सदस्य भएपनि सरोजप्रसाद कोईराला गरिबका पक्षधर हुनुहुन्थ्यो ।
आफ्नो झन्डै डेढसय बिगाहा जमिन राजनितिका नाममा सिध्याउनु भयो जमिन बेचेर त्यो पैसाबाटपार्टिको काम गर्ने सरोजप्रसाद युवाहरुको मनोबिज्ञानलाई खुब सम्मान गर्नु हुन्थ्यो । सरोजप्रसाद कोईरालाको उद्धार व्यतित्वबाट प्रभावित रामवरणजीहरुको समुह उहाँको अवसानले स्वभाविक रुपमा दुखि भएको थियो ।
कलकता बसाईका दिन छोटिदै थिए । एम् .बी.बी.एस.को औपचारिक अर्थात सैद्धान्तिक पढाई सकिएपछि उहाँले त्यही कलेजमा इण्टर्नसिप गर्नु भयो । इन्टर्नसिपको व्यवहारिक तालिमबाट उहाँलाई दुइटा फाईदा भयो । पहिलो के भने उहाँले पढाई सकिदै गरेको महसुस गर्नुभयो । दोस्रो फाईदा उहाँले यस वापत मासिक साढे तिनसय रुपैया पाउन थाल्नु भयो । साढे तीन सय रुपैयाको मासिक आय ठुलो राहातको विषय थियो । एक वर्षको इन्टर्नसिप सकिएपछि उहाँले हाउसमेनसिप गर्नु भयो । यो दुई वर्ष चल्यो । हाउसमेनसिप गर्दा गर्दै उहाँले डी.सी.पी. अर्थात डिप्लोमा इन ल्किनिकल प्याथोलोजीको पढाई पुरा गर्नु भयो । यस अवधिमा उहाँले मासिक ४ सय ५० रुपैया आम्दानी गर्न थाल्नु भएको थियो । आधा आम्दानीले कलकतामा आफ्नो खर्च चलाएर बाकी पैसा उहाँ घर पठाउनु हुन्थ्यो । जेठो छोरा चन्द्रमोहन र कान्छाछोरा चन्द्रशेखर दुबै विद्यार्थी थिए । छोराहरुको पढाई राम्रो हुनुपर्छ भन्ने वारे रामवरणजी खुबै सचेत हुनुहुन्थ्यो । चन्द्रमोहन जनकपुर बसेर पढाउनुहुन्थ्यो भने विविधकारणले कान्छा चन्द्रशेखरको पढाई अपेक्षाकृत राम्रो हुन सकिरहेको थिएन । कलकताबाट एकपटक बिदामा घर आउदा रामवरणजीले गाउकै बैधनाथ यादबसंग चन्द्रशेखरको पढाईबारे सरसल्लाह गर्नु भयो । वैधनाथ यादब कृषी विषयका स्नातक हुनुहुन्थ्यो । सपही निवासी बैधनाथजी रामवरणजीलाई अग्रज मान्नु हुन्थ्यो र काका भनेर सम्बोधन गर्नुहुन्थ्यो । सिराहा जिल्लाको लाहानको एक बिद्यालयमा शिक्षण पेशामा संलग्न वैधनाथजीले चन्द्रशेखरलाई आफैसंग लिएर जाने प्रस्ताब राख्नु भयो । चन्द्रशेखरले लाहानमा कक्षा तीन सम्म पढे । पढ्नमा निकै तेज चन्द्रशेखर अहिले वातावरण इन्जिनियर छन । क्रमशः









