
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः १६९.५०, १७१ र १७२ तथा डिजेल/मट्टिटेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा १.५६ बढेर आएको निगमले बताएको छ ।









