
– डा. चिरञ्जीवी नेपाल –
बिपीको थप भनाई थियो, नेपाल गाउँमा बस्दछ, यसको गरिबी त्यही छ । हामी तबसम्म गरिबीको समस्या बुझ्न सक्दैनौ, जबसम्म गाउँहरु र त्यहाँ बसोबास गर्ने मानिसहरुको बारेमा सचेत हुँदैनौ । अति आधुनिक प्रविधि र विचार विकसित देशहरुबाट भित्र्याउनु नै योजनाहरुको गल्ती हो । तपाईलाई थाहा नै छ, यी देशहरु शहरीकरण छन्, त्यहाँका गाउँहरु पनि शहरजस्तै छन् । तिनीहरुको कृषिक्षेत्रमा अति आधुनिक प्रविधि प्रयोग गरिन्छ, जुन तिनीहरु आफैले बनाएका हुन् । जबसम्म योजनाकारहरुको धारणामा परिवर्तन ल्याउन सकिँदैन, हामीले विकास सुरु गर्न सक्दैनौ । म योजनाकारहरुलाई सल्ला दिन्छु – त्यस्तो प्रविधि मात्रै प्रयोगमा ल्याउनु, जुन सञ्चालन गर्न सजिलो हुन्छ । ठूला मेसिन, ट्याक्टर, बुलडोजर, जे मसिन, ठूला बाटाहरु आवश्यक छैन । जुन आयातित यातायातका साधनहरु, आयातित इन्धन र विदेशी प्राविधिकबाट सञ्चालित भएका हुन्छन् । विदेशी सहयोगमा कम निर्भर हुनु पर्दछ । वैदेशिक सहायताको रुपमा शिक्षा, तालिम वा बौद्धिक सहायता मात्र लिने, नकि वस्तु र पैसा । गाउँलेका लागि कम्तिमा पनि सफा खानेपानीको व्यवस्था गर्ने, उनीहरुलाई आफ्नो गाउँ सफा राख्न सिकाउने । महंगो अस्पताल बनाएर सुधार गर्ने । म के सुझाव दिन चाहन्छु भने विकसित देशको चटकभटकमा अल्मलिएर हुँदैन, विकासको प्रश्नमा कल्पनाशील हुनु पर्दछ । विकासशील देशहरुमा गरिबीको बाहुल्यता छ, जसमा सम्पूणर् जनसंख्याको अधिकाँश भाग पर्दछ । जसमा मानिसहरुको रहनसहन, काम गर्ने गरिका सन्तोषजनक छैन, बरु साथै दिन प्रतिदिन गिर्दो स्थितिमा छ ।
गरिबको स्थिति ः विकासशील देशहरुमा गरिबहरु अर्ध-बेरोजगारी र बेरोजगारीको स्थितिमा छन् । जब उनीहरुले आक्कलझुक्कल काम पाउँछन् । क्रमशः









