
– डा. चिरञ्जीवी नेपाल –
उनीहरुको उत्पादकत्व कम र न्यून हुन्छ, उनीहरुलाई व्यवस्थापनको ज्ञान हुँदैन साथै बसोबासको पनि कुनै व्यवस्था हुँदैन । जसले गर्दा शहरको वातावरणमा नकारात्मक प्रभाव पार्दै शहरमा बेरोजगारहरुको संख्या बृद्धि हुँदै जान्छ ।
पूँजी के हो ? जनसंख्या बृद्धिको कारणले नै ती देशहरुको गाउँघरमा बेरोजगारी समस्या जटिल हुँदै गएको छ भन्ने धारणा वा विचार केही हदसम्म सत्य छ । तर जसले यसमा सत्यता देख्छ, उसले यो प्रश्न किन गर्न सक्दैन – बढी भएका मानिसहरुले अतिरिक्त काम कि नगर्न नपाउने ? पुँजी छैन भन्न सकिन्छ । पुँजीको अभावमा उत्पादन कम हुन सक्दछ तर काम गर्ने अवसर वा मौका छैन भनेर व्याख्या गर्न सकिँदैन ।
गरिबलाई मद्दत कसरी गर्ने ?
यी देशहरुमा जनसंख्याको असीदेखि नब्बे प्रतिशत भाग गाउँमा बस्दछन् । तसर्थ विकासको अवधारणा बनाउँदा सीधै ठूला शहरहरुबाट पर गाउँघरमा कृषि उद्योगहरु स्थापित गर्नु पर्दछ । यसो गर्दा प्राथमिकता भने काम गर्ने ठाउँलाई दिनु पर्दछ, लाखौ संख्यामा काम गर्ने ठाउँको सृजना गर्नु पर्दछ । हो, प्रतिव्यक्ति उत्पादन महत्वपूणर् हुन्छ । तर यहाँ प्राथमिकता उत्पादन बढाउनमा नदिएर अत्यधिक कामको अवसर सृजना गर्नुपर्दछ । गरिब मानिसलाई सबैभन्दा महत्वपूणर् त काम गर्ने अवसर पाउनु नै हो ।
जुन देशमा मजदुर अमूल्य छन्, राम्रो तरिकाले प्रयोग गर्नु पर्दछ । – गाब्रिएल अग्रेजन्ट ।
आर्थिक उन्नतिको निर्धारण त्यस देशको आयमा भएको बृद्धि र उत्पादनमा भएको बृद्धिलाई आधार मानेर गरिन्छ । जसमा रोजगारी बृद्धिको कुनै औचित्य वा मूल्य हुँदैन अथवा रोजगारीको संख्यालाई कुनै महत्व दिईदैन । यो स्ट्याटिक एप्रोच हो । क्रमशः









