• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 02:45 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालको पहिलो छुवाछुत विरोधी संगठन

  • ३ चैत्र २०८०, शनिबार १९:१७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – अर्जुननरसिंह के.सी. –
    २००० सालमा बाग्लुङ गैरीगाउँको भालुमारे चौतारामा उहाँले वारीपारीका धेरै दलितहरुलाई जम्मा पारी छुवाछुत विरोधी अभियानको शंखघोष गर्नुभयो । आफ्नो छोराको न्वारान हिन्दुविधिका साथ अभियानको शंखघोष गर्नुभयो । आफ्नो छोराको न्वारान हिन्दुविधिका साथ भव्यरुपमा गर्न लाग्दा कथित उच्चजातिका मानिस भेला भएर अर्जल जातले अनिष्ट गर्‍यो, हिन्दु धर्मलाई बिटुलो पार्‍र्यो ….. भन्दै ठूलो सांघातिक हमला गरे । न्वारानको लागि आयोजित पूजास्थल लगायत सर्वजीतको घरै ध्वस्त बनाईदिए । तै पनि उहाँको अभियान र आन्दोलन रोकिएन ।
    २००३ साल भदौ ५ गते सर्वजीतकै अध्यक्षतामा लक्ष्मीनारायण, मनवीर, रामशरण आदि चेतनशील विश्वकर्माहरु भेला भई नेपालको पहिलो छुवाछुत विरोधी संगठन विश्व सर्वजन संघ गठन भयो । त्यो जमानामा यस्तो संगठनको कार्य आफैमा असाधारण सामाजिक आन्दोलन थियो । त्यो सभामाथि पण्डितद्वय हाई गिरी, सरस्वती दत्तहरुको अगुवाईमा फेरि त्यस्तै सांघातिक हमला भयो । बाँड्न तयार गरेका पम्प्लेट, पुस्तिकाहरु जफल गरियो । कथित उच्चजातमा शीप चल्ने तर पानी नचल्ने भन्दै आरन भत्काएर शीप बन्द गर्ने आन्दोलन पनि चलाउनु भयो । दलित भनेको भगवानको हेला भएको होइन, मान्छेले नै काढेर समाजमा विकृति आएको हो भन्ने चेतना फैलाउन उहाँले कुनै कसर बाँकी राख्नुभएन । उहाँको छुवाछुत विरोधी टोली गाउँगाउँमा लय मिलाएर जागरण गीत गाउँदै हिँड्थ्यो ।
    उहाँलाई राणा शासनका बाग्लुङ्गे हाकिमले समाज भाँडेको अभियोग लगाउँदा उहाँले धर्मशास्त्रका श्लोक र उद्धरणद्वारा हाकिमसँग आफ्ना कुरा राख्नुभयो । उहाँलाई तीन महिना थुनियो । रिहा भए पछि उहाँले गाउँका बाटाबाटामा तोरण टाँगेर तोरणमुनि छिरेर हिँड्दा आप्mना माग स्वीकारेको अर्थका लागि प्रतिकात्मक आन्दोलन पनि चलाउनु भयो । यसबाट बाग्लुङ, पर्वत, म्याग्दी लगायतका इलाकामा ठूलो सामाजिक उथलपुथल ल्यायो । त्यसपाली पनि कथित उच्चजाति ले दलितहरुमाथि संगठित हमलालाई तीव्र बनाए । दलितहरुमा भागाभाग मच्चिएर जंगलमा गएर लुक्ने अवस्था आयो । दलित महिलाहरुले जंगलमा लुकेका दलितहरुलाई महिनौ दिनसम्म सातु र मोही ओसारेर खुवाए ।
    सर्वजीत पाल्पा कारागारमा १७ महिना बन्दी हुनुभयो । उहाँलाई प्रलोभन देखाएर फकाउन पाल्पाका बडाहाकिम आफैँ आए, तर सर्वजीत टसमस हुनुभएन । त्यसपछि बडाहाकिमले उहाँको मुखमा फलामका काँटी ठोकेका जुत्ता हान्दा अगाडिपट्टिका दाँत नै झेर । उहाँ केही गर्दा गल्नुभएन । जेलबाट रिहा भएपछि २००५ सालमा उहाँले हिलियापानी बाग्लुङ मा विद्यालय स्थापना गर्नुभयो । २००६ सालमा बाग्लुङबाट हिँडेरै काठमाडौं आई राणा प्रधानमन्त्री मोहन शम्शेरलाई भेटेर विन्तीपत्र हालेर दलितका माग राखेपछि मोहन शम्शेरले दलितले पनि जनै लगाउन पाउने लगायतका केही सहज परिस्थिति दिने हुकुम गरे । तर कालान्तरमा उहाँको संगठन छिन्नभिन्न बनाउने काम भयो । वि.सं. १९५० मा जन्मनुभएका सर्वजीत संगठनलाई नयाँ तरिकाले गति दिने उपायको अध्ययन गर्न भारत गएको बेला २०१२ सालमा ६३ वर्षको उमेरमा बहराईचमा निधन भयो । राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष, संस्कृतका विद्वान तथा काँग्रेसका नेता स्व. पदमसिंह विश्वकर्माले उहाँको नातीको रुपमा बिरासत थाम्नुभएको थियो ।
    सुब्बा कृष्णलाल अधिकारी, पहिलो साहित्यकार सहिद ः राणा शासनको अन्धकार युगलाई चिर्दै एक लेखकको उदय भयो, सुब्बा कृष्णलाल अधिकारी । माता इन्द्रकुमारी र पिता लक्ष्मणराजका महिला छोराको रुपमा वि.सं. १९४४ साल माघ २४ गते आजको रामेछाप जिल्लास्थित कठजोर तिल्पुङ्ग गाउँमा उहाँको जन्म भएको थियो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड