
भरत भूर्तेल
नेपाली जनमत संग सरोकार नभएका यस जमिनमा जरो नभएका पन्चायतका पक्ष पोषकहरुलाई बीपीले भुईफुटा वर्गको विषेशण दिनु भएको थियो । ती भुईफुटाहरु वैदेशिक साहायता र अनुदानमा आधारित अर्थतन्त्रको दोहनद्धारा रातारात धनि हुने टुप्पाबाट पलाएकाहरुको जमात हो भन्ने उहाँको मान्यता थियो ।
बीपी राष्ट्रिय एकता र मेलमिलापको आर्दशमा प्रतिबद्ध हुनुहुन्थ्यो । पन्चायतभित्रका स्वार्थी समुहको सम्पुणर् शतिm भने बीपी कोईरालालाई निषेध गर्नु र उहाँलाई कमजोर बनाउनुमा केन्द्रित थियो । यसैका फलस्वरुप नेपाली काग्रेशका त्यसबेलाका महाँमन्त्रि परशुनारायण चौधरी हठाथ पन्चायतमा पसे । नेपाली काग्रेशका लागि यो एक धक्का थियो ।
बीपी कोईरालाको नेतृत्वमा गठित प्रथम नवनिर्वाचित सरकारमा मन्त्रीसमेत रहेका परशुनारायण चौधरी नेपाली काग्रेशको महामन्त्रि जस्तो महत्वपुणर् पदमा थिए । केही महिनाअघि सम्पन्न राष्ट्रिय पन्चायतको चुनाबको सक्रिय बहिस्कारको अगुवाई गरेका चौधरी चुनाब सकिएको छोटो अन्तरालमै पन्चायत प्रबेश गर्नुको खासै अर्थ थिएन । तर उनि गए । उनि सगसगै केहि दिनपछि नेपाली काग्रेशका केही युवा समेत चौधरीसंगै पलायन भए । ती काग्रेश युवामध्ये केही वास्तवमै प्रतिभाशालि थिए । जसको लामो लगानी पार्टिभित्र थियो ।
बीपी कोईरालालाई यस घटनाले पक्कै दुखि बनायो होला तर उहाँको प्रतिक्रिया सालिन र सन्तुलित थियो । बीपीले भन्नु भयो प्रजातन्त्र प्राप्तीको लामो र उकालो यात्रामा थाकेर हिडने मध्ये उहाँ पर्नु भयो । हाम्रो पार्टिमा जुन सम्मानित स्थान चौधरीलाई प्राप्त थियो त्यसबाट उहाँ स्वत बन्चित हुनुभएको छ ।
बीपीको स्वास्थ्य ठिक थिएन । क्यान्सर रोगबाट आक्रान्त उहाँको नियमित उपचार हुदैथियो । यता जनकपुरमा रामवरणजीको क्लिनिक राम्ररी सन्चालन भईरहेको थियो । आफुले अपेक्षा गरेभन्दा पनि राम्ररी क्लिनिक सन्चालन भएपछि जनकपुर ब्रम्हपुरीस्थित धुब्र शर्माजीको घरमा डेरा गरेर बस्नुको साटो एउटा घर बनाएर बस्न पाए हुने थियो भन्ने स्वाभाविक चाहाना मनमा उब्जियो ।
ब्रम्हपुरीस्थित सरोज प्रसाद कोईरालाजीको घर छेउमै काग्रेस नेतृ लीला कोईरालाबाट दुई कठा जमिन किनियो । घडेरिको जोहो भएपछि घर बनाउनका लागि एउटा जुक्तिm निस्कियो ।
सपहीमा यादब परिवार संयुतm हुदाको एउटा ठुलो भकारी घर त्यतिबेला खालि थियो । संयुतm परिवार हुदा खेतिबाट उब्जनी भएको सम्पुणर् धान त्यही भकारीमा राखिन्थ्यो । सयौ मन धान र अन्य अनाजले भरिभराउ हुने त्यो भकारिमा परिवार छुटटा छुटटै बस्न थालेपछि चाहि घास पराल राख्ने गरिन्थ्यो । वा खालि नै हुन्थ्यो । रामवरणजीले आफ्ना दाजुभाईसंग उतm भकारी भत्काएर त्यसबाट काम लाग्ने काठ आफुलाई दिन आग्रह गर्नुभयो । दाजुभाईले यस मागमा सहमति जनाए ।
पुरानो जमानामा प्रशस्त जङगल भएका बेला बनाएको उतm भकारीमा अग्राखका प्रशस्त काठ थिए । भकारि भत्काएर काम लाग्ने काठ र खावा खुटि जनकपुर पुराइयो । केही दिनमा ब्रहपुरमा एउटा काम चलाउ दुईतले घर बन्यो । पूर्व फर्किएको लामो ६ कोठा भएको रामवरणजीको खपडाको छानो भएको घर अहिले पनि यथावत नै छ ।
यस घरमा रामवरणजी, उहाँका पत्नी जिलेखादेबी छोरा चन्द्रमोहन र चन्द्रशेखर छोरी अनु भाई रामलगनकी छोरी किरण पुनम लगायतको बसोबास थियो । यस घरमा बस्ने एकजना थप सदस्य हुनुहुन्थ्यो रामवरणजीकि सासु । उहाँ एक्ली हुनुहुन्थ्यो । रामवरणजीको बिबाह हुन अगावै ससुराको मृत्यु भईसकेको थियो । उहाँका दुईजना छोरा समेतको निधन भैसकेको थियो । जीवित सन्तानमा जिलेखादेबि र जेठी छोरी हुनुहुन्थ्यो तर कान्छि छोरि जिलेखादेबि जिले आमालाई आफुसगै बस्न कर गर्नु भयो । क्रमशः









