
-परमानन्द झा-
नेपाली समाजमा छोरा विदेश पठाउन पाएमा उच्च भावको सोच राख्ने समाजको छोरा विदेश पठाउन पाएमा उच्च भावको सोच राख्ने समाजको विचार विपरीत मैले नेपालमा बसी केही कार्य गर्न उपयुक्त हुन्छ भनी छोरालाई फिर्ता ल्याएको हो । मेरो मनमा नेपालको लागि जे जति सम्मान छ, त्यो अन्य आमा नेपालीको भन्दा बेग्लै र फरक छ ।
पहिला मधेसीहरु वर्षातमा काठमाडौमा बस्न सक्दैनथे । वर्षात्को समयमा आकासे पानी मिसिएर खानेपानी आउँथ्यो । त्यो खाएर मधेसी समुदायका मानिस बिरामी भइरहन्थे । त्यसरी पूरा वर्षात् कटाउन नसकेर प्रायः मधेसीहरु काठमाडौमा बस्दैनथे । अर्को समस्या पनि आउँथ्यो मधेसीहरुलाई । तराईमा एकदमै गर्मी हुन्थ्यो । त्यस्तो गर्मीमा बसेर आएको मानिसलाई काठमाडौको कठ्याङग्रिने जाडोले कक्रक्कै पाथ्र्यो ।
मधेसी, पहाडिया र काठमाडौका कोही पनि मानिस खाटमा सुत्दैनथे । उनीहरु सबै उपियाँ भएको सुकुलमा सुत्थे । खाटमा सुत्ने त चलन नै थिएन । मैले भारतमा विद्यार्थी जीवनदेखि खाटमा सुत्ने सुविधा भोगेर आएको भए पनि आफ्नो देशको मायाकै कारण उपियाँ भएको सुकुलमा सुत्न तयार भएँ । देशकै माटोमा नङग्रा खियाएँ । अहिलेको सेक्सन अफिसरले सरकारी सुविधामा मोटरसाइकल पाउँदो रहेछ । हामीले उपसचिव, सहसचिव हुँदा पनि त्यस्तो सुविधा पाउँदैनथ्यौ । कुनै कुनै बेलामा सरकारी सेवाको गाडीले आएर डेराबाट अफिससम्म लगिदिन्थ्यो । अहिले सहसचिव र उपसचिवले सरकारी निजी गाडी प्रयोग गर्दछन् । यसरी देशको सेवामा अनेक दुःख र हन्डर खाएर मैले आफूलाई नेपाली राष्ट्रसेवकको रुपमा स्थापित गरेँ । तर, मैमाथि गैरनेपालीको आरोप लगाइयो र हिन्दीमा शपथ गरेको विषयलाई नियोजित रुपमा उछालियो । मेरो देशभक्तिप्रति औला उठाउनेहरुले नेपालमा बोलिने अनेक भाषाहरुको मर्म र त्यसभित्रको मौलिक भावनालाई बुझ्ेनन् । सर्वोच्चले समेत बुझेन, जुन सर्वोच्चमा म कुनै बेला न्यायाधीश थिएँ । क्रमशः









