
भरत भूर्तेल
रामवरणजीका पिताजी थानी अधिकारी का सन्तान दश जना थिए । जेठी छोरी जमुनादेवी, जेठा छोरा रामअनुग्रंह यादव, माइला छोरा रामनारायण, साइला रामसुन्नर, त्यसपछि अर्की छोरी पार्वतीदेवी अनि काइला छोरा रामवरण यादव र कान्छा छोरा रामलगन यादव हुनुहुन्थ्यो ।
यी उल्लिखित सन्तान रामवरणजीकी आमा रामरतिदेवी तिरका हुन् । उहाँकी कान्छी आमापट्टि राम सुदिष्ट यादव र दुईजना बहिनीहरु सलन्दीदेवी एवं स्वं शान्तिदेवी हुनुुहन्छ । कान्छी आमा अहिले पनि जीवित हुनुहुन्छ । रामवरणजीलाई जन्म दिने आमा रामरति देवीजीको भने २०३३ सालतिर निधन भयो ।
रामवरणजीकी कान्छी आमासँग उहाँका पिताजीको विवाह प्रसंग समेत उल्लेखनीय छ । थानी अधिकारीको दोस्रो विवाह एकजना निसन्तान विधवासँग भएको हो । ती निसन्तान विधवा अर्थात् रामवरणजीकी कान्छी आमा थानी अधिकारीका आफ्नै दाजुकी पत्नी हुनुहुन्थ्यो ।
यसै सुनदा यो अनौठो घटनाझै लाग्न सक्छ तर तराईको यादव परिवारमा त्यस बेला विधावा भाउजुसँग पुनर्विवाह गर्ने प्रचलन थियो । २०१५ सालमा अचानक थानी अधिकारीका दाजु भगवानदत्त अधिकारीको निधन भयो । भाउजू निसन्तान हुनुहुन्थ्यो । एउटा सामानय विधिअन्तर्गत थानी अधिकारले आफ्नी भाउजूलाई आफ्ना दाजू भगवानदत्त अधिकारीको निधन भएको केही वर्षपछि सिन्दुर दान गर्नुभयो र यसरी रावमरणजीहरुले कान्छी आमा पाउनु भयो ।
रामवरणजीका बाजे झप्सी अधिकारीका चार छोरा र एक द्धोरी हुनुहुन्थ्यो । जेठा बाबुलाल अधिकारी, माहिला हितो अधिकारी, साहिला भगवानदत्त अधिकारी, एकजना छोरी सुगादेवी र सबै भन्दा कान्छा राष्ट्रपतिजीका पिताजी थानी अधिकारी ।
जिलेखादेवी बुहारी भएर यादव परिवारमा प्रवेश गर्दा यस्तो घरमा प्रवेश गर्नुभएको थियो जहाँ दुई जना सासूहरु र ससुरा, काका ससुराहरु, देवर देउरानीसहित दर्जनौको संख्यामा मानिसहरु थिए ।
रामवरणजी सम्झनुहुन्छ, २०१७ सालसम्म यस परिवारमा करिब ४० जना सदस्य थिए । खेतीमा काम गर्नेसमेत जोड्दा यो संख्या ७० आसपास हुन्थ्यो । परिवारका यी सबै मानिसको खानपिनको व्यवस्थापनको जिम्मा मूलतः महिलाहरुको हुन्थ्यो । बिहान ३ देखि ४ बजेभित्र यादव परिवारका महिलाहरु उठि सक्दथे । ढिकी कुटेर चामलको जोहो गर्नु पर्दथ्यो भने जाँता पिधेर पिठो तयार गर्नुपर्दथ्यो ।
खेतमा काम गर्ने खेताला र घरका पुरुष परिवारका लागि नौ बजेभित्र नास्ता तयार गर्नु पर्दथ्यो,जसलाई जलखै भन्ने चलन थियो । जलखै ख्वाउने, खाने काम सकिएपछि दिवा भोजनको तयारी हुन्थ्यो । परिवारका मासिन खेतालाहरुलाई ख्वार्य सक्ता दिनेका दर्य तीन बज्दथ्यो । तयसपछि खाने सामग्री पकाएका र खाएका भाँडावर्तन सफागर्न बुहारी खलकले भिड्नु पर्दथ्यो ।
जिलेखादेवीजीहरु घर छेउको पोखरीमा लगेर भाडा वर्तन सफा गर्नु हुन्थ्यो । त्यति गर्दानगर्दा बेलुकीको खाना बनाउने तयारी सुरु हुन्थ्यो । यसबीचमा एक आधा घण्टा आरामका लागि समय उब्रिन पनि सक्थ्यो, नउब्रिन पनि सक्थ्यो ।
बेलुकीको खाना ७/८ बजेसमम तयार भैसक्थ्यो । परिवारका पुरक्ष सदस्य र केटाकेटीले पहिले भोजन ग्रहण गर्दथे, महिलाको पालो सबैभन्दा पछि आउँथ्यो । खानपिन गरेर काम धन्दा सिध्याउँदा रात गहिरी सकेको हुन्थ्यो । महिलाहरुको सुत्ने बेला हुँदा घरका पुरुष सदस्य एक निन्द्रा पुर्याइसकेको हुन्थे ।
भान्साघरहरु परम्परागत थिए । इन्धनको काम दाउरा बालेर चलाइन्थयो, भान्सा कोठामा धुँवा व्याप्त हुन्थ्यो र यस्तो धुँवामा श्वासप्रश्वास लिन महिला सदस्यहरु अभ्यस्त थिए । वर्षतका बेलामा कहिलेकाँही भिजेको दाउरा पर्यो भने धुवाँले अझ सताउँथ्यो ।
क्रमशः









