
भरत भूर्तेल
परिवार ठूलो हुनु, प्रशस्तजग्गाजमिन हुनु सम्पन्नताको मापन गर्ने माध्यम थियो तर त्यस सम्पन्नतालाई जोगाइ दिन धनी घरका बुहारीहरुले निर्वाह गर्नुपर्ने कर्तव्य चर्को थियो । नेपाली समाजमा यसलाई बुहार्तन भनने ग्िरन्छ, जिलेखादेवीजी बुहारी भएर सपही भित्रिएदेखि यस्तै बुहार्तमा अभ्यस्त हुनुहुन्थ्यो ।
प्रारम्भिक दुई वर्ष ठीकठाक नै गुज्रिए भन्नुपर्दछ किनभने त्यतिबेलासम्म रामवरणजी परदेवी भैसक्नुभएको थिएन । जनकपुरको सरस्वती हाइस्कुलमा विद्यार्थी छँदा दुईतीन महिनामा रामवरणजी सपही आइरहनुहुन्थ्यो ।
यसले जिलेखादेवीजीलाई एक प्रकारको मनोवैज्ञानिक आड पाएको अनुभव हुन्थ्यो । ठूलो परिवारमा समेत कहिलेकाँही मानिसलाई एक्लोपनको अत्याउँछ अनि कतिपय यस्ता झिनामसिना विषय हुन्छन् जो नितान्त आफ्ना मानिससमक्ष मात्र व्यक्त गरिन्छ । जिलेखादेवीजी रामवरणजीसँग यदाकदा घरपरिवारका व्यवहारसँग जोडिएका विषयमा सरसल्लाह गर्नुहुन्थ्यो । वि.सं. २०२० सालमा प्रवेशिका परीक्षा उत्तीणर् गरेर जब उहाँ काठमाडौ जानु भयो त्यसपछि जिलेखादेवीजीका एक्ला दिन सुरु भए । एम.बी.बी.एस. का लागि रामवरणजी कलकत्ता प्रस्थान गर्नुभएपछि यो एक्लोपन अझ बढ्यो । वि.सं. २०२४ सालमा कान्छा छोरा चन्द्रशेखर जन्मिए । यसै बेला यादव परिवारबीच अंशवण्डा भयो र दाजुभाई छुट्टिएर बस्नुपर्ने परिस्थिति आयो ।
संयुक्तबाट एक परिवारमा बस्ने यो उपक्रम अन्य दाजुभाइका लागि जति सहज थियो जिलेखादेवीजीका हकमा भने त्यति सजिलो थिएन । अरु दाजुभाइ पतिपत्निसँगै थिए, त्यही भएर आ-आफ्ना बालबच्चा च्यापेर उनीहरु घरजम गर्न स्वतन्त्र थिए तर दुईजना नाबालक छोरा लिएर एक्लै बस्न जिलेखादेवीजीलाई सजिलो थिएन । त्यसमाथि आफ्नो भागमा परेको खेतीपाती उतार्नुपर्ने दायित्व थियो । यो सबै चाँजोपाँचोका लागि परिवारभित्र नै एउटा सम्झौता गर्नुपर्ने भयो । जिलेखादेवीजी दुई जा नाबालक छोराहरु लिएर साइला दाजु रामसुन्दर यादवको परिवासँग संयुक्त रुपमा बस्ने हुनुभयो ।
यो परिस्थितिजन्य सम्झौता थियो । बाहिरबाट यो सबै ठीकठाक देखिन्थ्यो । जिलेखादेवीजीले व्यहोनुपर्ने भित्री कथा भने निके पेचिलो थियो ।बिहानबेलुकाको खाना संयुक्त परिवारमा स्वाभाविक रुपले सबैले प्राप्त गर्दथे । केटाकेटीलाई सम्भवतः यतिमात्रले पुग्दैनथ्यो । उनीहरु खाजनको माग गर्दथे । कान्छा छोरा चन्द्रशेखर सम्झन्छन् – स्कुलबाट आउना साथ खाजाका लागि म नै बढी झगडा गर्दथे ।
यो सतहमा हेर्दा नितान्त सामानय घटना थियो । अर्को कोणबाट हेर्दा यसमा अन्तर्निहित पीडा उदेक लाग्दो थियो । छोराको यस मागालाई सम्बोधन गर्ने उपाय आमासँग हुँदैनथ्यो । यस्ता बेलामा चन्द्रशेखर रुवाबासी गर्दथे र जिलेखादेवीको मन रुन्थ्यो ।
जेठा छोरा चन्द्रमाहेन सम्झन्छन्, खाना खाइ सकेर जिलेखादेवीजी पोखरमिा भाडा माझ्न जानु हुनथ्यो, भाडाले उघाउँदै स-साना माछा तयस भाँडाभित्र आउँथे । त्यसलाई पकाएर जिलेखादेवीजीले कैयौ पटक दिनु भएको छ ।
सम्भवतः संसारभरिका आमाहरु उस्तै हुन्छन्, करुणामयी, दयालु र उदार । उनीहर आफ्ना सन्तानलाई जसरी पनि संरक्षण गर्दछन् र हुर्काउँछन् । जिलेखादेवीजी पनि यस्तै आमा हुनुहुन्थ्यो ।
महोत्तरीस्थित माइतीतिरबट समेत केही भरथेग हुन्थ्यो । जिलेखादेवीजीकी अमालाई थाहा थियो, ज्वाई परदेशमा हुनुहुन्छ । छोरी एक्लैले नाबालक नातिहरु र्हुाउनु परेको छ । त्यह िभएर उहाँ छोरीलाई बेलामौकामा कोसेली पठाइ दिनुहुन्थ्यो । चन्द्रमोहनलाई अझै पनि सम्झना छ, केही महिनाको अन्तरालमा निश्चित परिणाममा चिउरा, सख्खर, बीसपच्चिस रुपैया नगद, चन्द्रमोहन र चन्द्रशेखरलाई एक एक जोड िकट्टु र गन्जी, जिलेखादेवीजीलाई साडी र ब्लाउज मावली घरबाट आउँथ्यो । क्रमशः









