
काठमाडौं । मोरङ, धनपालथान गाउँपालिका-७ बस्ने ३० वर्षीय राजकुमार सिंहको गोठबाट अवैध लागूऔषध गाँजा १ हजार ५ सय ४८ किलोग्राम दिउँसो प्रहरीले बरामद गरेको छ । सिंहको गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले ४१ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । साथै गोठधनी सिंहलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ, गल्छी गाउँपालिका-७ छाडेस्थित सडकबाट अवैध लागुऔषध गाँजा १४ किलो ५ सय ग्राम दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.प्र.०२-०२८ प ७९२८ नम्बरको मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना व्यक्तिहरू मोटरसाइकल र जेब्रा झोला छाडी फरार भएपश्चाात प्रहरीले झोलाबाट उक्त गाँजा बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।









