• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:39 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • १२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • महिलाहरु व्यावसायिक रूपमा तरकारी खेतीमा

  • २३ असार २०८१, शनिबार १८:३३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका- १ समैजी मुद्राड गाउँका स्थानीय व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएका छन् । मुद्राडका महिला तरकारी लगाउन खेती सिक्दै, उत्पादन गर्दै आएका छन् । किसानका बारीमै प्रशिक्षक गई कृषि ज्ञान केन्द्रले आईपीएम कृषक पाठशाला सञ्चालन गरेपछि मुद्राड गाउँका ३० बढी महिला समूहमा आबद्ध भई हाल तरकारी खेती गरिरहेका छन् । सामूहिक रूपमा तरकारी खेती गर्न अभ्यास गर्दै मुद्राडका महिलाले भेडे खुर्सानी, गोलभेंडा, भिन्डी, खुर्सानी लगायतका वस्तुहरू उत्पादनसमेत गरेका छन् । तरकारी खेती गर्न खनजोतदेखि बेर्ना राख्ने, मलजल गर्ने, गोडमेल गरी बजारसम्म पुर्‍याउने गरी पाठशालामा महिलालाई सिकाइएको कृषि ज्ञान केन्द्र डँडेलधुराका कार्यालय प्रमुख खेमराज पनेरूले बताएका छन् । मुद्राड गाउँमा आयोजना गरिएको आईपीएम कृषक पाठशालाका माध्यमबाट बढीभन्दा बढी तरकारी उत्पादन गरी महिलालाई आम्दानी बढाउन सहयोग गरिएको बताइएको छ । ग्रामीण सडक पुगेको मुद्राड गाउँमा सिँचाइका लागि कुलोको व्यवस्था र उर्वर भूमिसमेत भएकाले व्यावसायिक रूपमा तरकारी खेती गरी सक्षम भइरहेका छन् । आईपीएम पाठशाला योजना लागु भएकाले गाउँका किसानले राम्रो तरकारी खेती गर्दै गए थप योजनाहरू समेत प्राथमिकतामा राखी कार्यालयबाट सहयोग गर्ने ज्ञान केन्द्रका निमित्त प्रमुख पनेरूले बताएका छन् । तरकारी तथा खाद्य वस्तु आलीदेखि थालीसम्म सफा र स्वच्छ राख्नसमेत खाद्यसुरक्षा अन्तर्गतका कुराहरू पनि आईपीएम अर्थात् इन्टिग्रेटेड पेस्टी मेनेजमेन्ट (एकीकृत शत्रुजीव व्यवस्थापन) पाठशाला मार्फत कृषकलाई जानकारी गराइएको छ । परम्परागत रूपमा खेतीपाती गर्दै आइरहेका तथा प्रविधि नपुगेका किसानसम्म प्रविधि र आधुनिक खेतीबारे जानकारी गराई उत्पादन बढाउने लक्ष्य सरकारको रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत लेखराज निरौलाले जानकारी दिएका छन् । यसका लागि पाठशाला सञ्चालन गरिँदै आएको र यो योजनाबाट किसानले फाइदा लिँदै आएका छन् । स्थानीय, उन्नत र आधुनिक गरी तीन तरिकाले भेडेखुर्सानी लगाई तरकारी खेती गर्न सिकेको गैरीपोखरी आईपीएम कृषक पाठशाला समूहका अध्यक्ष इश्वरीदेवी भण्डारीले वताइन् । आधुनिक प्रविधिबाट तरकारी खेती गर्दा उत्पादन बढी भइरहेको उनले बताइन् । तरकारीका बिरुवा कति दूरीमा रोप्ने, ड्यांग कसरी बनाउने, कुन किरा मित्र, कुन शत्रु, किराको प्रकोप तथा विभिन्न रोग, संक्रमणको जोखिम कम गर्न विषादीको प्रयोग गर्नेबारे जानकारी पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ॅपार्वती’को गीत सार्वजनिक

    मनसुन सक्रिय हुन नसक्दा धान रोपाइँ प्रभावित

    गरिमा बंैकलाई “कर्पोरेटबिजनेस अवार्ड २०२६” प्रदान

    ग्लोबल बैंकको जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता

    अर्थ मन्त्रीद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैया“को बजेट प्रस्तुत

    बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड