
-परमानन्द झा-
सरकारले त्यो दायित्व पूरा गर्नुपर्छ । उसले मेरो घर कब्जा गर्न पाउँदैन । मैले त्यो फ्ल्याट भाडामा दिन पाएँ भने पनि त्यहाँबट आम्दानी हुन्छ । त्यसबाट मेरो महिनामा कमसेकम १५/२० हजार रुपैयाँ आउँछ । मेरो यो कुरा कसलाई भन्ने ? कति भन्ने ? अब त दिक्क भईसकेँ ।
अवकाशपछि पनि कुनै पत्रकारले मेरो मर्म बुझेनन् । कसैले पनि उपराष्ट्रपतिमाथि राष्ट्रपतिबाटै भएको अन्याय र धोखाबारे लेखेनन् । मैले कुनै पत्रकारलाई पैसा ख्वाएको थिइन, त्यो कारणले मेरो त्यस्तो अहित हुँदा पनि कुनै पत्रकारले लेखेनन् । अहिलेका पत्रकारहरु पार्टीबाट चल्ने खालका हुन्छन् । पार्टीमा लागेको पत्रकारहरुले मेरो पक्षमा लेखे भने त बिचराहरुको जागिर नै जान्छ । मैले व्यक्तिगत रुपमा पैसा ख्वाएर पत्रकार पालेर राख्ने कुरा आएन । नेपालमा निष्पक्ष सोच भएका पत्रकार नै छैनन् कि जस्तो पनि लाग्छ ।
पहाडियाहरुको एउटा सोच छ । तर मलाई मधेसीहरुको सोच पनि ठिक लागेन । मेरो कार्यकाल जे जस्तो भए पनि मधेसी समुदायबाट पहिलो उपराष्ट्रपति हो भनेर मेरो हौसला बढाइदिनुपथ्र्यो । तर त्यो पनि भएन । आउँदा दिनमा मेधसी समुदायबाट एकै कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति कोही हुन्छन् भन्ने सपना नदेख्दा पनि हुन्छ ।
राणाकालमा पनि मधेसी समुदायका मानिसलाई टुप्पीमा समातेर उचालेर ल्याइन्थ्यो । कुनै सिंह परिवारको मानिसलाई राजकीय सत्ताको पालामा उठाएर त्यसै मन्त्री बनाइदिन्थे । शक्तिबाट भए पनि उनलाई पद दिइन्थ्यो । हात्तीको दुईवटा दाँत हुन्छ । त्यसमा एउटा देखाउँछ र अर्को लुकाउँछ । हात्तीको देखाउने दाँतका लागि मधेसीलाई टुप्पीमा समातेर ल्याइन्थ्यो । उपराष्ट्रपति भनेको पनि हात्तीको देखाउने दाँत हो । उसको कुनै प्कारको कर्तव्य छैन, तैपनि राखिएको हुन्छ । मैले मधेसीहरुलाई भनेको थिएँ, तपाईहरु नेता हुनुहुन्छ । यदि तपाईहरुको लागि उपराष्ट्रपतिको पद आयो भने त्यो नमान्नुहोला । तपाईको जीवन निष्क्रिय भएर नै जान्छ ।
म उपराष्ट्रपति हुँदा मधेसीका लागि भन्दा बढी पहाडियाको लागि काम गरेँ । धार्मिक होस् या सामाजिक म पहाडियाको कार्यक्रममा जान्थेँ ।









