
काठमाडौं । मनोहरा नगरपालिका वडा नं. ९ स्थित डोटेल डेरीको भित्री सडकमा बा २१ च ३२६० नम्बरको मालबाहक गाडीले जयप्रकाश गुप्ताको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुप्ता घाइते भएका छन् । कृष्णअष्टमीको दिन कृष्ण मन्दिरमा दर्शन गरेर फर्कने क्रममा गुप्ता घाइते भएका हुन् । काँडाघारी ट्राफिकले गाडी धनीलाई सम्पर्कमा लिएको छ भने उक्त घटनाको जानकारी ट्राफिक प्रहरी बग्गीखाना र रानी पोखरी स्थित ट्राफिक कार्यालयमा समेत गराइएको छ । घाइते गुप्ताको दाहिने पाखुरा र खुट्टामा चोट लागेको हुनाले मिनभवन स्थित सिभिल अस्पतालमा उपचार गरिएको छ । साथै मोटरसाइकलमा सामान्य क्षति भएको बताइएको छ । घाइते गुप्ता यस पत्रिकाका सम्पादक समेत हुन् ।









