
भरत भूर्तेल
छोराछोरकिो पडाइ लेखार्यको काम चलिरहेको थियो चन्द्रमोहन एम.बी.बी.एस् पढ्दै थिए, चन्द्रशेखर हाइस्कुलका विद्यार्थीथिए र छोरी अनु प्राथमिक तहमा थिइन् । यसबाहेक परिवारका अन्य सदस्यप्रतिको जिम्मेवारीसमेत काँधमा थियो विशेष गरी भाई रामलगनजीका छोराछोरी ब्रम्हपुरीस्थित घरमा बसेर पढ्थे । रामवरणजीले स्वयंलाई राजनीतिमा सक्रिया बनाउन मानसिक रुपले तयार गर्नुभयो । नर्सिह होम व्यवस्थित थियो । आफूबाहेक त्यहाँ मन मिल्ने डाक्टरहरुको समूह थियो । रामवरणजीले सोच्नुभयो, कदाचित् चुनावमा जितियो भने पनि नर्सि होमका लागि एक दुई घण्टा समय निकाल्न कसो नसकिएला । त्यसो त चुनावमा हार्ने सम्भावना पनि थिाये अझ यसो भनौ जित्ने भन्दा हार्ने सम्भावना नै बढी थियो ।
उहाँले सोच्नुभयो, यो एउटा मौका हो, यसलाई उम्काउनु हुँदैन । धनुषा जिलल नेपाली काँग्रेसको कार्यकर्ता उत्पादन गर्ने ठाउँमध्ये एक हो । राजनीतिमा हुने व्यापक प्रतिस्पर्धामा को कुन बोल पछि पर्छ थाहा हुँदैन ।
रामवरणजीलाई लाग्दथ्यो देशमा एक दिन प्रजातन्त्र आउनु छँदैछ त्यसैले चुनावी राजनीतिमा सहभागी हुने मन भएका मानिसले अहिले पछ िसर्नु ठीक होइन । पार्टीलाई अप्ठेरो परेका बेला खुट्टा कमाउने मानिसलाई भविष्यमा आउने खुकुलो वातावरणमा कसैले मौका दिंदैन । त्यही सोचेर रामवरणजी उम्मेदवार हुन तयार हुनुभयो ।
उपसभापति पदमा नेपाली काँग्रेसमा लामो समय काम गर्नु भउका राजकुमरा भारती उम्मेदवार हुनुभयो । चुनावी प्रचारप्रसारका लागि झण्डै एक महिना रामवरणजी र राजकुमार भारतीजीको जोडी प्रत्यके गाउँ पुग्यो । पार्टीले खडा गरेृका इलाका सदस्यहरु समेत भोट माग्न सक्रिय भए ।
जिल्ला पञ्चायतको निर्वाचन प्रत्यक्ष मतदान प्रणालीमा आधारित नभएर परोक्ष प्रणालीअन्तर्गत हुन्थ्यो । यस निर्वाचनमा गाउँ र नगरका प्रधानपञ्च र उपप्रधानपञ्चहरु, गाउँ पञ्चायत र नगर पञ्चायत वार्ड अध्यक्ष एवं्र गाउँ सभासद् अनि नगर सभासद् मतदान हुन्थे । उम्मेदवार हुनका लागि समेत माथि उल्लिखितमध्ये कुनै पदमा निर्वाचित भएको हुनु पर्दथ्यो ।
रामवरणजी सपही वार्ड नम्बर नौबाट गाउँ सभासद.्मा निर्विरोध निर्वाचित हुनुभयो । पार्टीले उम्मेदवार त बनायो तर परिस्थिति निके प्रतिकुल थियो । जनताले प्रत्यक्ष मतदान गनुको साटो प्रत्यक्ष मतदानमार्पmत् चुनएिका प्रतिनिधिहरुको समूहले मतदान गर्ने भएका काण पञ्चायती प्रशासकहरु यस्ता मतदातालाई विभिन्न प्रलोभन साथै धम्कीसमेत दिन्थे ।
स्थिति कस्तोसम्म सह्योभ ने पार्टीले खडा गरेका उम्मेदवारसमेतलाई प्रशासनले धम्की थियो । कतिपय पार्टीका उम्मेदवारले आफू पार्टीमा संलग्न छैन भन्नेजस्ता वक्ताव्यसमेत दिए । तथापि रामवरणजीलाई भिड्नु भयो । यो सहभागितामा पञ्चायतको स्वीकारोक्ति थिएन । व्यवस्थाका खिलाफमा यो आन्दोलनकै एक स्वरुप थियो । एक किसिमले भन्नु पर्दा नेपाली काँग्रेसका मानिसका लागि यो आए आँप गए झटारो जस्तो स्थिति थियो ।
निर्वाचन परिणाम आयो । धनुषामा रामवरणजीलगायतले निर्वाचन हार्नुभयो । महोत्तरी जिल्लाम ाभने नेपाली काँग्रेसका उम्मेदवार महेन्द्रकुमार राय यादवले उपसभापति पदमा जित्नुभयो । देशभरि गरेर नगण्य मात्रामा नेपाली काँग्रेस पक्षधरहरुले चुनाव जिते ।
यो पार्टीको एउटा रणनीतिक कार्यक्रम थियो । अब तत्कालका लागि कुनै कार्यक्रमहरु थिएनन् । पार्टीका कार्यकर्ता वा शुभेच्छुकका लागि यस्ता कार्यक्रमविहीन अवस्था विरक्त लाग्दा हुन्छन् । कतिपयले यस्ता अवसरमा आत्मविश्वास समेत गुमाउँछन् । यस्तै एउटा घटना यस बेला पनि भयो । क्रमशः









