• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:42 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भदौ मसान्तसम्ममा सञ्चारसम्बन्धी महत्वपूणर् विधेयकहरु अघि बढाइने

  • १७ भाद्र २०८१, सोमबार १९:०८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दुवै विभागमा १०-१० सदस्य मनोनयन गरेका हुन् । वित्तिय संस्था समन्वय विभागमा कणर्बहादुर बुढा र पूर्व आप्रवासी समन्वय विभागमा दिनेश कोइराला प्रमुख छन् । वित्तिय संस्था समन्वय विभागमा मोरङका भीमकुमार चौधरी, धनुषाका गणेश यादव, काठमाडौंका धरम ब्लोन (लामा), सिन्धुपाल्चोकका विष्णुप्रसाद घोरासैनी, कास्कीका सुरेन्द्रनाथ शर्मा, पाल्पाका चिरञ्जीवी नेपाल, रुकुम पूर्वका धु्रव पुन, सल्यानका डिलमान चन्द, कैलालीका दिनेश जोशी र अछामका लक्ष्मी शाह मनोनित भएका हुन् । यस्तै पूर्व आप्रवासी समन्वय विभागमा रामेश्वर शाह (सिरहा), यदुनाथ पाण्डे (रुपन्देही), सुभाष लोहनी (मोरङ), विज्ञान प्रसाई (झापा), रामबहादुर कोङलिवा लिम्बू (ताप्लेजुङ), नवीन पोखरेल (झापा), कृष्णप्रसाद लम्साल (पर्वत), पूणर् कोइराला (दैलेख), उमा कार्की (काठमाडौं) र बालकुमारी सुनार (कैलाली)लाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति मार्फत जानकारी गराइएको छ । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ मसान्तसम्ममा सञ्चारसम्बन्धी महत्वपूणर् विधेयकहरू अघि बढ्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीसँग भएको १ सय दिनको कार्यसम्पादन सम्झौता अनुसार भदौ मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूणर् विधेयकहरू अघि बढ्ने बताएका छन् । उनले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक र सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी विधेयक मन्त्रि परिषदमा भदौ मसान्तसम्म पेस गर्ने बताएका छन् । त्यस्तै दूरसञ्चार सम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयकलाई संशोधन गर्नुपर्ने र डाटा सेन्टरलाई सञ्चालनका लागि मापदण्ड तयार गरिने उनले बताएका छन् । त्यस्तै सरकारी इमेल सञ्चाल सम्बन्धी कार्यविधि तयार गरी छलफलका लागि सार्वजनिक गरिने उनले बताएका छन् । मन्त्री गुरुङले एआईसम्बन्धी नीति असोज मसान्तसम्म तयार गर्ने, सुरक्षण मुद्रणसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गराउने काम पनि दसैंअघि नै सम्पन्न हुने बताएका छन् । ब्रोडब्याण्ड नीति २०८१ को मस्यौदा तयार गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सेवा असोज मसान्तभित्रै थप ३० निकायमा पुर्‍याइने उनको भनाइ रहेको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामा छलफल गरेको छ । प्रधान कार्यालय स्वयम्भू हलचोकमा भएको छलफलमा १६ वर्षे पेन्सन अवधी, अवकाश उमेर हद, ३० वर्षे सेवा अवधीलगायत विषयमा छलफल भएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललपनि सहभागी छलफलमा निमित्त गृहसचिव नारायणप्रसाद भट्टराईले उद्देश्य र विषयबस्तुमाथि प्रष्ट्याएका थिए । गृहमन्त्रालय कानून महाशाखाका सह-सचिव भरतमणी रिजाल र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक युवराज अर्यालले विधेयकको मस्यौदा प्रस्तुति दिएका थिए । सशस्त्र प्रहरीका उच्चअधिकारीसहितको उपस्थिति रहेको उक्त छलफलमा गृह मन्त्रालयका पदाधिकारी, तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड