
काठमाडौं । महोत्तरी जिल्लाको मठिहानी नगरपालिकाको वडा नं. ४ विष्णुपुरमा भाद्र २६, २७ र २८ गते तीन दिनसम्म राधाकृष्णको मूर्ती बनाएर राधा जन्माष्टमी सम्पन्न भएको छ । राधा जन्माष्टमीमा हजारौं भक्तजनले कलश यात्रा गरेर राधा जन्माष्टमीको शुरुवात गरेको थियो । तीन दिनसम्म चलेको राधा जन्माष्टमीमा बाजागाजासहित मेला आयोजना गरेको थियो । तीन दिनसम्म चलेको मेलामा लाखौं भक्तजनले दर्शन गरेको थियो । उक्त मेला राजु गुप्ताले आयोजना गरेको थियो । राजु गुप्ताको संयोजकत्वमा राधा जन्माष्टमी सम्पन्न भएको थियो । विष्णुपुर वडा नं. ४ को टोलबासीले चन्दा उठाएर उक्त राधा जन्माष्टमी आयोजना गरेको थियो ।









