
काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कल्ली’मा यतिबेला कलाकार भित्रिने श्रृंखला चलिरहेको छ । केही दिनअघि अभिनेता पल शाहलाई हटाएर उनको ठाउँमा सौगात मल्ललाई लिएको निर्माण टिमले फिल्ममा थप तीनजना कलाकार थपेको छ । अभिनेताहरु अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाललाई फिल्ममा अनुबन्धित गरिएको निर्देशक सुनारले जानकारी दिएका छन् । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको तिहारपछि छायांकन सुरु हुने भएको छ । पौराणिक कथामा बन्न लागेको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मको छायांकन सुरु नहुँदै आगामी चैत्र २९ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको छ । फिल्मको छायांकन कणर्ाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिएका छन् ।









