• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 02:45 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • निर्वासनबाट नेपालमा चलेको सशस्त्र आन्दोलन

  • १९ आश्विन २०८१, शनिबार १९:२४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – अर्जुननरसिंह के.सी. –
    जेलबाट रिहा भएपछि पार्टी प्रतिबन्धका बाबजुद उहाँ केही वर्ष नेपालमै सक्रिय हुनुहुन्थ्यो । बीपी, गणेशमान सिंह लगायतका नेताहरु निर्वासनमा भारत गएपछि उहाँ पनि निर्वासनमा जानुभयो । निर्वासनमै उहाँले एम.ए सम्मको पढाई पूरा गर्नुभयो ।
    त्यसबेला निर्वासनबाट नेपालमा चलेको सशस्त्र आन्दोलनलाई उहाँले गति दिनुभयो । आफ्नो औपचारिक अध्ययन पूरा गर्नेदेखि २०२५ सालमा तरुण दलको मुखपत्र तरुण को सम्पादक भएर सक्रिय रहने, सशस्त्र कारबाहकिो लागि हतियारको जोहो गर्नदेखि जासुसहरुको पिछा पन्छाएर बीपी र पुष्पलाललाई भेट गराउने आदि अनेकौ गतिविधिमा उहाँ अहोरात्र अथक रुपमा खटिरहनु हुन्थ्यो ।
    २०३१ मंसिर ३० गते सोलुखुम्बुको तिङ्लास्थित टिम्बुरबोटे जङ्गलमा भएको काँग्रेसका मुक्ति सेना र शाही सेनाका बीच सैन्य भिडन्तको परिणामस्वरुप पार्टीको ओखलढुङ्गा कब्जा रणनीति विफल भएको थियो । त्यहाँ उपयोग भएका हतियारहरु शैलजा आचार्यले रुपचन्द नाहटाको साथ सहयोग लिएर भारतमा कुन साहसका साथ बटुल्नुभएको थियो, उहाँ इतिहास बताउनु हुन्छ, हतियार संकलन गर्ने सबैभन्दा सजिला व्यक्ति भनेका डाका नै थिए, त्यसैले उनीहरुको माध्यमबाट हतियार संकलन गरेर नेपाल भित्र्याउने काम गर्न थाल्यौ । भारतमा संकलन गरेको हतियार बोर्डर हुँदै नेपाल ल्याउन म खटिएको थिएँ । उनीहरु जताजता जान्थे, म पनि सँगसँगै हिँड्नुपथ्र्यो । एक त केटीमान्छे त्यसमा पनि हतियार संकलन गर्न डाकाहरुसँगै हिँड्नुपर्ने चानचुने काम त होइन नि । तै पनि खोई ममा त्यो साहस र आँट कसरी पो आयो । मलाई केटीजस्तो नदेखियोस् भनेर मैले केटाको जस्तो छोटो कपाल काटेको थिएँ । केटाको जस्तै जिन्स पाईन्ट लगाउँथे, त्यसैले म उनीहरुसँग हिँड्दा हत्पत कसैले केटा हो कि केटी हो भनेर छुट्याउन सक्दैनथे । हतियार संकलन गर्नको लागि म डाकासँग रातभर हिँडेको छु, उनीहरु जहाँ बस्थे म पनि त्यही बस्थे, तर कोठा भने अलगै दिन्थे । तिमीहरु हामीसँग हिँडदा डर लाग्दैन भनेर सोध्ये । केही गर्लान् कि भन्ने डर त भईहाल्दो रहेछ । उनीहरुले मलाई भने केही पनि गरेनन् । उनीहरुले मलाई सुत्नका लागि छुट्टै कोठा दिएका थिए । मलाई तिमी यहीँ बस हामी जान्छौ भनेर उनीहरु जान्थे । उनीहरुले हतियार संकलन गरेर मलाई दिन्थे, म बोर्डर हुँदै नेपालमा ल्याउने काम गर्थे । हतियार संकलन गर्ने क्रममा म पञ्जाब र राजस्थानको कुनाकुनामा घुमेको छु ।
    शैलजाजीको जीवन यस्तै साहसिक कार्यले भरिएको छ । २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको सन्देशसहित नेताहरु स्वदेश फर्किएको समुहमा उहाँ पनि हुनुहुन्थ्यो । स्वदेश फर्किएपछि उहाँको दिनचर्या शान्तिपूणर् राजनीतिमै बित्यो । २०४२ सालको सत्याग्रहमा उहाँको सक्रिय सहभागिता वा २०४४ सालमा पदयात्रा अभियान चलाएर मोरङ जिल्लाका २४ वटै गाउँमा पुगेका कार्यक्रम, २०४६ सालको जनआन्दोलनमा उहाँको सक्रियता उल्लेखनीय छन् । मुलुकी ऐन एघारौ संशोधन गराउनमा उहाँको महत्वपूणर् भूमिका छ । आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर त्यसलाई विधेयकको रुप दिन उहाँ सफल हुनुभयो ।
    २०४८ र २०५१ का संसदीय निर्वाचनमा मोरङ ७ बाट निर्वाचित हुनुभएको उहाँ कृषिमन्त्री हुँदा विद्यमान भ्रष्टाचारका विरोध गरेर बरु पदबाट राजीनामा दिन तयार हुनुभयो । त्यसपछिका दिनमा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष पनि हुनुभयो । २०५५ सालमा उहाँ जलस्रोत मन्त्रीको जिम्मेवारीसहित नेपालको पहिलो महिला उपप्रधानमन्त्री हुनुभयो । साथै २०५३ सालमा नेपाली काँग्रेसको पहिलो उपसभापति पनि उहाँ नै हुनुभयो । आफ्ना मावली हजुरबा (बीपी तथा गिरिजाप्रसादका पिताजी) कृष्णप्रसाद कोइराला गुठीका पनि उहाँ संस्थापक हुनुहुन्थ्यो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड