
काठमाडौं । बेलका नगरपालिका-८ स्थित सप्तकोशीको किनारबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट कोठु, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्प डुडखोलाबाट खटिएको संयुक्त टोलीले वेवारिसे अवस्थामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।









