
भरत भूर्तेल
नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि कडा निगरानी सुरु भएको थियो । यसका बाबजुद धनुषा जिललमा पार्टी अभिवेशनका कामहर जसोतसो सम्पन्न गरियो र काँग्रेस नेतृ लीला कोइरालाजीको जनकपुर बंंम्हपुरीस्थ्ति घरमा भेला भएर क्षेत्रीय अधिवेशनसमेत सम्पन्न भयो ।
एक साता यसै उसै गर्दै बित्यो । देशमा तत्काल राजाका कदम विरुद्ध राजनीतिक दलहरु र तिनका भातृ संगनमार्फत् विरोध वक्तव्यलगायत स–साना क्रियाकलाप भए पनि राजा असर पार्ने गरी कुनै गतिविधि भएका थिएनन् ।
रामवरणजीलाई लाग्यो आन्दोलनको वातावरण निर्माणका लागि बाह्र सहयोग र समर्थनको समेत आवश्यकता । उहाँले पार्टी केन्द्रमा सम्पर्क स्थापिष्त गरेर भारत जाने अनुमति माग्नुभ यो । कु भएको एक सातापछि रामवरणजी भारतको राजधानी नयाा दिल्लीमा हुनुहुनथ्यो ।
नेपाली काँग्रेसका अन्य नेताहरु डा. शेखर कोइराला, गिरिजाप्रसाद कोइारालकी पुत्री सुजाता कोइारला, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य कृष्णप्रसाद सिटैला तथा पार्टीका कोषाध्यक्ष महन्थ ठाकुरसमेतको टोली त्यहाँ सक्रिया भयो । रामवरणजीहरुले भेटघाटलाई तीव्र बनाउनु भयो । प्रवासमा रहेका नेपालीहरुलाई संगठित पारेर विभिन्न प्रदर्शनहरु गरिए । पत्रकाहरुलाई नेपालको वास्तवविकता दर्शाइ दिन आग्रह गरियो । त्यस अवसरमा विशेष गरी समाजवादीहरुको मद्दत लिईयो । दिल्लीमा यसरी आफ्ना क्रियाकलापलाई अगि बढाउनुको उद्देश्य नेपाली प्रजातान्त्रिक आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउनु थियो ।
रामवरण्जाी दिल्लीमा सक्रिय नै हुनुहुन्थ्यो । राजनीतिक नेताहस्ँगका भेटघाट, गोष्ठी, सेमिनार, प्रदर्शन आदि काममा दिन व्यतीत भइरहेका थिए । राजाको शासनमा कुनै सुधार होला भन्ने सम्भावना भने देखिँदैनथ्यो । माओवादी र सुरक्षार्कीहरु बीचका भिडन्तका खबर यथावत थिए । प्रजातन्त्र पुनः एक पटक दुर्घटनाग्रस्त भएको थियो । राजा ज्ञानेन्द्र आँखामा पट्टी बाँधेझै नितान्त विपरीत दिशामा हिँड्न थालेका थिए ।
सरकारसञ्चालनका लागि तिनले छनोट गरेका व्यक्तित्व र सत्तासञ्चालनको शैली हेर्दा राजाको शासन लामो जाँदैन भन्ने लाग्दथ्यो । नैपनि समय अनिश्चित थियो । प्रजातन्त्र फर्कन १/२ वषृमात्र ढिला भएमा र निर्वासनमा बसिरहँदा जनतासँगको नाता टुट्न सक्तथ्यो । जनतासँग टाढा रहेर राजनीति कहिल्यै पनि सफल नहुने रामवरणजीलाई लाग्दथ्यो ।
रामवरणजीले यसबीचमा के पनि सुन्नु भयो भने, देशमा बसेर जेलनेल सहनुपृ भन्ने डरले उहाँ भारततिर पलायन गर्नुभएको हो । यसरी आरोप लगाउनेहरु टाढाका मानिस थिएनन्, पार्टीभित्रकै साथीभाई थिए । जेलनेलको डरले भारत गएर बस्ने उहाँको सोच थिएन । अर्कातिर परदेशमा बस्नुको कुनै मजा र रमाइलो पनि थिएन । रामवरणजीलाई लाग्इो यसै पनि यहाँ शेखर, महन्थ, सुजाता र सिटैला छँदैछन् । आफूले गर्नुपर्ने काम उनीहरुले गरिहाल्ने हुनाले दिल्ली बसी रहनुको खासै प्रयोजन छैन ।
रामवरणजीले सोचनु भो, नेपाल पसौला, भूमिगत भएर बसौला, जनतालाई संगठित गरौला र आन्दोलनलाई तीव्रता दिउँला । उहाँ त्यसपछि जनकपुर फर्कनु भयो र २०६१ साल चैत २६ गते आन्दोलनकालरीको जुलुसको नेतृत्व गर्दै जनकपुरमै सार्वजनिक हुनुभयो ।
चैत २६ आन्दोलनकारीहरुका लागि महत्वपूर्ण दिन थियो । २०४६ साल चैत २६ गते निर्दलीयताको अन्त्य गरी बहुदलको पुनःबहाली गरिएको घटनाको स्मृतीमा यस दिनलाई जनआन्दोनल दिवस भन्ने गरिएको थियो । रामवरणजी जनआन्दोलन दिवसका दिन जुलुसको अगुवार्य गर्दै निस्कुन भएको थियो । उहाँ गिरफ्तार गरिनु भयो र जेल चलान हुनुभयो । २०४६ सालपछि यो उहाँको दोस्रो जेलयात्रा थियो । क्रमशः









