
काठमाडौं । अर्जुनधारा नगरपालिका–९ देवर्शी टोल बस्ने ५८ वर्षीय शेखर सुवेदीको घरबाट ३ तोला बराबरको सुनको चुरा २ थान र नगद लगायतका सामान गरी करिब १० लाख ४४ हजार रूपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको छ । यसैबीच मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने ४६ वर्षीय राज कुमार थिङ र सोही उपमहानगरपालिका–३ लेवर्ट बस्ने ३४ वर्षीय धन बहादुर भोलन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ३०३ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैबीच कैलाली, टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका–१ वनगाउँ बस्ने २५ वर्षीय तुलाराम घर्तीमगरलाई साँझ प्रहरीले पक्राउ गरेको छ ।









