• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:41 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकारस“ग आग्रह : पूर्वउपराष्ट्रपति झा

  • ६ बैशाख २०८२, शनिबार १९:१४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । ‘सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर’ भन्ने मूल नाराका साथ उपत्यका राष्ट्रिय दैनिक, दिशार्निदेश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले संविधान माथि जताततैबाट प्रहार भईरहेकोले सबै नागरिकलाई सचेत हुन आग्रह गर्नु भयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन सरकारसँग माग गर्नुभयो । उहाँले संविधान भन्दा माथि कुनै व्यक्ति र संस्था नरहेको बताउनुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्न प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला अवहेलना गर्नेलाई कारबाही हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला पूर्ण रुपमा पालना गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गर्नुभयो । उहाँले सम्बन्धित निकायले फैसला कार्यान्वयन गर्नका लागि अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक पत्रिकाले १३ वर्ष देखि पाउनुपर्ने सुविधा तत्काल कार्यान्वयन गरिदिनका लागि सरकारसँग जोडदार रुपमा माग गरेको बताउनुभयो । उहाँले २०७२ सालमा जारी भएको संविधानमाथि चारैतिरबाट प्रहार भईरहेकोले सबै नेपाली जनता एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले नयाँ वर्ष २०८२ ले सबै नेपाली जनतामा शान्ति समृद्धि हुने बताउनुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औं वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । त्यसैगरी वरिष्ठ पत्रकार हरिहर विरहीले सम्मानीत सर्वोच्च अदालतको फैसला कदर गर्न प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभयो । उहाँले सम्मानीत अदालतको फैसला लत्याएर अगाडि नबढ्न समेत आग्रह गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक लगायतका पत्रपत्रिकाहरुले पाउनुपर्ने सुविधाहरुका लागि प्रेस काउन्सिल नेपालले सहज रुपमा सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले लोकतान्त्रिक पत्रिकाहरुलाई प्रेस काउन्सिल नेपालले निशाना बनाउँदै आएकोले तत्काल यस्ता गतिविधिहरु बन्द हुनुपर्ने बताउनुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला चाँडो भन्दा चाँडो कार्यान्वयनका लागि प्रेस काउन्सिल नेपाललाई आग्रह गर्नुभयो । उहाँले राजाको शासन देखि अहिलेसम्म उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक पत्रिकालाई प्रेस काउन्सिलले निशानामा पर्दै आएकोले तत्काल यस्ता गतिविधिहरु रोकिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक वर्षौदेखि संघर्ष गर्दै आएकोले नयाँ वर्ष २०८२ ले सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नका लागि प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन नहुनुमा सरकार दोषि रहेको बताउनुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकले १३ वर्षदेखि पाउनुपर्ने सुविधाहरु चाँडो भन्दा चाँडो कार्यान्वयन गराउन प्रेस काउन्सिलसँग आग्रह गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालत र संविधान भन्दा माथि कोही पनि नरहेको बताउनुभयो । उहाँले केही पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरु अहिले राजनीतिकमा होमिएको धारणा गलत रहेको बताउनुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औं वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । त्यसैगरी वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औं वार्षिकोत्सवको सफलताको कामना गर्दै सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्यन गर्न प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्नका लागि जोडदार माग गर्नुभयो । त्यसैगरी वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले सम्मानीत सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्नका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकले १३ वर्षदेखि पाउनुपर्ने सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको बताउनुभयो । त्यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सम्मानीत सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकलाई प्रेस काउन्सिल नेपालले वर्षौ देखि दुःख दिईरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिल नेपालको अत्याचारको विरुद्धमा करिब साढेसात वर्षदेखि सर्वोच्च अदालत, उच्च अदालत पाटन र काठमाडौ जिल्ला अदालतमा वर्षौ लगाएर यस पत्रिकाको पक्षमा फैसला गराउन सफल भएको धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अवहेलना सहित फेरि सर्वोच्च अदालतमा हामी लड्न तयार रहेको बताउनुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकले १३ वर्षदेखि पाउनुपर्ने सुविधा तत्काल कार्यान्वयन गराउनका लागि प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय देनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औं वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । त्यसैगरी वरिष्ठ अधिवक्ता सुरेश कुमार पौडेलले सम्मानीत सर्वोच्च अदालतको फैसला चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नका लागि प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला आएको तीन वर्ष बितिसक्दा पनि हालसम्म कार्यान्वयन नहुनुमा वर्तमान सरकार दोषि रहेको बताउनुभयो । उहाँले संविधानको बर्खिलाप गर्ने अधिकार कसैलाई नरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले संविधान र सम्मानीत सर्वोच्च अदालत भन्दा माथि कुनै पनि व्यक्ति र संस्था नरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकले १३ वर्षदेखिको पाउनुपर्ने सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औं वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । उहाँले नयाँ वर्ष २०८२ ले सबै नेपालीहरुमा नयाँ उत्साह र उमंग आउनु पर्ने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी अधिवक्ता बद्रीराज भट्टले सम्मानीत सर्वोच्च अदालतको फैसला चाँडो भन्दा चाँडो कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेको बताउनुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकले १३ वर्षदेखि पाउनुपर्ने सुविधा तत्काल कार्यान्वयन गराउनका लागि सरकारसँग माग गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश साप्ताहिकलाई प्रेस काउन्सिल नेपालले वर्षौदेखि निशाना बनाउँदै आएकोमा तत्काल यस्ता गतिविधि बन्द गर्न आग्रह गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औं वार्षिकोत्सव कार्यक्रमको सफलताको कामना गर्नुभयो । त्यसैगरी ज्योतिषी गुरु लालमणि खनाल, नेपाल प्रहरीका पूर्व एआईजीपी रमेश श्रेष्ठ, नेपाली सेनाका प्रवक्ता/निर्देशक गौरवकुमार केसी, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव गरिब दास, प्रिन्टिङ्ग प्रेस संघसँग आबद्ध अजयबहादुर श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । त्यसैगरी उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबका अध्यक्ष जयप्रकाश गुप्ता ‘मायालु’ले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन नहुनमा राज्य दोषी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला तीन वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसकेकोमा वर्तमान सरकार दोषि रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले संविधान र सम्मानीत सर्वोच्च अदालत भन्दा माथि कोही पनि नरहेको बताउनुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिक पत्रिकाले १३ वर्षदेखि पाउनुपर्ने सुविधा तत्काल उपलब्ध गराइ दिनका लागि प्रधानमन्त्री र सञ्चारमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँले प्रेस काउन्सिल नेपालले वर्षौदेखि आफूलाई अत्याचार गर्दै आएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिल नेपालको दमन बन्द गराईदिनका लागि सबै पक्ष सँग आग्रह गर्नुभयो । उहाँले उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औं वार्षिकोत्सव कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि र अतिथि सबैलाई धन्यवाद दिनुभयो । क्लबका अध्यक्ष जयप्रकाश गुप्ता ‘मायालु’ले प्रमुख अतिथि सम्माननीय पूर्व उपराष्ट्रपति परमानन्द झा, ज्योतिषि गुरु लालमणि खनाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता रामकृष्ण निराला, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता सुरेश कुमार पौडेल, अधिवक्ता बद्रीराज भट्ट र कार्यक्रम सञ्चालिका शर्मिला परियारलाई दोसल्ला र फूलको गुच्छासहितले सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रम क्लबका अध्यक्ष जयप्रकाश गुप्ता मायालुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड