• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:47 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विद्यार्थी जीवनमै पञ्चायती व्यवस्था विरोधी

  • २७ बैशाख २०८२, शनिबार १९:४३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    भरत भूर्तेल
    यस सहमतिपछि नेकपा माओवादी आप्‌mनो उम्मेदवारले जित्नेबारे धरमरमा पर्‍यो । यसो हुँदाहुँदै पनि राष्ट्रपति पदमा आफूले समर्थन गरेका उम्मेदवार रामराजाप्रसाद सिंहले जितनुहुनेमा उनीहरुभित्र झिनो आशा थियो । नेकपा माओवादीको विश्लेषण के थियो भने, तराईबाट प्रतिनिधित्व गर्ने मधेसी सभासद्ले रामवरणजीलाई मतदान गर्ने छैनन्‌ ।
    नेकपा माओवादीले यस्तो निष्कर्ष निकाल्नुको कारण थियो, रामवरणजीका छवि । रामवरणजी जातीयता र क्षेत्रीयता विरोधी हुनुहुन्थ्यो । मधेसवादी दलहरुले गरेको आन्दोलनमा उहाँको पृथक अडान र दृष्टिकोण थियो । नेकपा माओवादीका दृष्टिमा रामवरणजीका यी कमजोरी का कारण तराईबाट प्रतिनिधित्व गर्ने मधेसी सभासद्ले तराईबासी अर्का प्रत्सायी रामराजाप्रसाद सिंहलाई मतदान गर्नेछन्‌ ।
    गोप्य मतदानको व्यवस्था भएका कारण सभासद्हरुलाई पार्टीका हीप लाग्ने स्थिति थिएन । यसै कारण पनि मधेसी जनअधिकार फोरम, नेपाली काँग्रेस र एमालेबीच दलीय सम्झौता भए पनि सभासद्हरुले प्‌mलोर क्रस गर्छन् र आप्‌mना उम्मेदवारलाई जिताइदिन्छन् भन्ने माओवादीले सोचाई थियो तर यस मामिलामा सिथ्ति नेकपा माओवादीले भने झै रहेन । राष्ट्रपति पदका लागि नेपाली काँग्रेसबाट उम्मेदवार बनाइनुभएका डा रामवरण यादव व्यक्तिगत र राजनीतिक रुपमा पनि माओवादीद्वारा प्रस्तुत गरिनुभएका उम्मेदवारभन्दा बलिया हुनुहुन्थ्यो ।
    विद्यार्थी जीवनमै पञ्चायती व्यवस्था विरोधीका रुपमा देखा पर्नुभएका रामवरणजी नेपाली खुला राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय हुनुहुन्थ्यो । २०४६ सालको पञ्चायत विरोधी आन्दोलनदेखि राजा ज्ञानेन्द्रको तानाशाही विरोधी पछिल्लो आन्दोलनसम्म सक्रिय रहँदा उहाँले अनेक मित्र बनाउनुभएको थियो ।
    नेपालको संसदमा पटकपटक चुनिएर आउनुभएका रामवरणजी केही वर्षयताका हरेक राजनीतिक आरोह अबरोहमा, हरेक सुखदुःखमा साथै हुनुहुन्थ्यो । पछिल्लो पटक संविधानसभामा समेत जनताले अनुमोदन गरेर पुर्‍याएका थिए । त्यहाँ भएका सभासद्मध्ये धेरैसँग काँधमा काँध मिलाएर काम गरेको विगत उहाँसँग थियो । रामवरणजीले आन्दोलनमा लाठी खाएको, थुनामा परेको लगायतका सास्ती खेपेको देख्ने सुन्नेमध्ये धेरै त्यस बेला मतदाताका रुपमा थिए ।
    रामराजाप्रसाद सिंहका बारेमा यस्ता जानकारी कम थिए । वि.सं. २०४२ सालमा भएको बम काण्डले विशेष चर्चामा आउनुभएका सिंह धेरैजसोका आँखामा अज्ञात हुनुहुन्थ्यो । उमेरले समेत रामवरणजी भन्दा निकै जेठा रामराजा स्वास्थ्यको दृष्टिले कमजोर देखिनुहुन्थ्यो । कतिसम्म भने, नेकपा माओवादीका युवा सभासद्हरु आफूले समर्थन गरेका उम्मेदवारभन्दा रामवरणजी सक्षम र योग्य भएको अनौपचारिक टिप्पणी गर्दथे ।
    रामवरणजीको अडानलाई अधिकाँश राजनीतिक दलका नेता र सभासद्ले विशेषता ठानेका थिए । वस्तुतः यही अडान उहाँका लागि वरदान सिद्धसमेत भयो ।
    २०६५ साल साउन ४ गतेको मतदान सकियो । उपराष्ट्रपति पदमा मधेसी जनअधिकरा फोरमतर्फका उम्मेदवार परमानन्द झा ३०५ मत ल्याएर विजयी हुनुभयो । संवैधानिक वइवस्थाअनुसार तत्काल संविधानसभाका भएका ५९८ सदस्यमध्ये ५० प्रतिशतभन्दा बढी मत ल्याउनेलाई विजयी घोषित गर्नुपर्ने भएका कारण राष्ट्रपति पदमा दोहोर्‍याएर मतदान हुने भयो ।
    पहिलो चरणको मतदानमा रामवरण यादवले २८३ मत ल्याउनुभयो, रामराजाप्रसाद सिंहको २७० मत आयो । प्रथम चरणको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका पाँचा जना, राप्रपा र राष्ट्रिय जनमोर्चाका चार चार जना, नेकपा संयुक्रका दुई जना सभासद.ले मतदान बहिष्कार गरे । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड