
काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका–७ बेलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय दिपेश बस्नेतलाई साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–०१२ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित ३ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका–५ चौरी बस्ने २३ वर्षीय निराजन बडुवाल, सोही नगरपालिका–२ बस्ने २० वर्षीय सुरेश विक र सोही नगरपालिका–६ बस्ने २२ वर्षीय अनमोल विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका–१ बस्ने १९ वर्षीय हिक्मत रावत र गेरूवा गाउँपालिका–४ बस्ने २८ वर्षीय छवि विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









