• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:37 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राजकाज सम्बन्धी मुद्दा लगाई जेल चलान

  • ३२ जेष्ठ २०८२, शनिबार १९:२७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – अर्जुननरसिंह के.सी. –
    यसको लागि राजनीतिक कार्यक्षेत्रको रुपमा ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, जनकपुर र महोत्तरीलाई छान्नुभएको थियो । जनकपुरमा सरोजप्रसाद कोइराला, बोधप्रसाद उपाध्याय, महेन्द्रनारायण निधिसँगको उहाँको घनिष्ठ सम्बन्ध भयो । तरुण दलमा सक्रिय रहँदा उहाँ राष्ट्रिय मुक्ति आन्दोलनका निम्ति बीपी कोइरालाको सम्पर्कमा पुग्नुभयो ।
    २०२७ पुस १ गते पञ्चायती संविधान दिवस मनाउँदै रहँदा केशव लगायतका प्रजातन्त्र सेनानीहरु आन्दोलन चर्काउने रणनीति र गतिविधिको खाका तयार गर्दै थिए । त्यसैबेला उहाँलगायत धेरै युवाहरुलाई गिरफ्‌तार गरी राजकाज सम्बन्धी मुद्दा लगाई जेल चलान गरियो । जलेश्वर हुँदै काठमाडौ चलान गरी केन्द्रीय कारागारमा एक वर्षसम्म थुनियो । जेलबाट निस्केपछि उहाँले आफ्‌नै कार्यक्षेत्रमा संगठन विस्तार गर्दै तत्कालीन राज्यसत्ता विरुद्ध सशस्त्र आन्दोलनको लागि फौजी दस्ता तयार गर्न थाल्नुभयो ।
    घरमा सुत्केरी श्रीमती र भर्खर जन्मेकी छोरीलाई हेर्ने इच्छा पनि दबाएर उहाँ आफ्‌नो लक्ष्यमा समर्पित हुनुभएको थियो । नेता सरोजप्रसाद कोइरालाको हत्या भएपछि केशव कोइरालामा झन् विद्रोहको भावना पैदा भयो र पञ्चायतविरुद्ध ठूलो जनमत तयार गर्ने अभियानमा जुट्नुभयो । बीपी कोराला र गिरिजाप्रसाद कोइरालालाई भेटी नेपालमा सशस्त्र संघर्ष गर्ने अठोटका साथ हातहतियारसहित भारतीय सीमावर्ति मटिहानीतिर लाग्नुभयो ।
    संगठित दस्ता निर्माण गर्ने र सशस्त्र संघर्षको वातावरण बनाउने तयारी गर्दै रहँदा मटिहानीको प्रहरी चौकी उहाँहरुको लागि बाधक बनेको निष्कर्षका साथ २०३१ साउन ३१ गते मध्यरातमा उहाँको नेतृत्वमा प्रजातान्त्रिक योद्धाहरुले आक्रमण गरे । त्यो भिडन्तमा उहाँ प्रहरीको निसाना बन्नुभयो ।
    रातमाटो १, ओखलढुङ्गामा २००७ असार ३१ गते पिता पं भवनाथ र माता लालकुमारी कोइरालाबाट केशव कोइरालाको जन्म भएको थियो । उहाँ सानैदेखि जुझारु र लगनशील हुनुहुन्थ्यो । उहाँ साहित्यमा पनि कलम चलाउनुहुन्थ्यो । उहाँको डायरीमा के काइदा उपनामले लेखिएका कविताहरुबाट थाहा हुन्छ ।
    रामजनम तिवारी (तिवारी बाबा) :
    रामजनम तिवारी २००७ सालको सेरोफेरोमा नेपाली काँग्रेससँग आबद्ध हुनुहुन्थ्यो । पर्सा जिल्लामा काँग्रेसको पहिलो अध्यक्ष रहनुभएका तिवारीले त्यो काँग्रेसको पहिलो अध्यक्ष रहनुभएका तिवारीले त्यो बेलाको जनक्रान्तिमा समर्पित भएर योगदान पुर्‍याउनु भयो । मधेस आन्दोलन र संघर्षका भिष्मपितामह र गजेन्द्रनारायण सिंहका पनि अग्रज नेता भनेर उहाँलाई सम्झिइन्छ । क्रान्ति सफल भएपछि पनि मधेसीप्रति रहँदैआएको विभेद र अन्यायको अन्त्य नभएको गुनासो उहाँले तत्कालीन गृहमन्त्री बीपी कोइरालासमक्ष राख्दै आउनुभएको थियो । बीपीले भर्खर प्रजातन्त्र आएको र राणाहरु अझै सत्तामा रहिरहेकोले मधेसको हित र अधिकारको लागि केही समय धैर्य गर्न आग्रह गर्नुभएको थियो ।
    त्यसपछि उहाँ काँग्रेस परित्याग गरी वेदानन्द झाको अध्यक्षतामा गठित तराई काँग्रेसको महामन्त्री हुनुभयो । नेपाललाई प्रान्तीय संरचनामा लैजानु पर्ने, हिन्दी भाषालाई राज्यले मान्यता दिनुपर्ने आदि माग तराई काँग्रेसले उठाएको थियो । २०१७ सालको निरंकुश कदमपछि तिवारीजी पनि भारतमा निर्वासित हुनुभयो । पटनामा काँग्रेसको आकस्मिक सम्मेलन हुँदा उहाँले, प्रजातन्त्र बिनाको मधेस दासत्वको रुप हो, भन्ने अवधारणाका साथ तराई काँग्रेसलाई नेपाली काँग्रेसमा विलय गराएर प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा आफूलाई समर्पित गर्नुभयो ।
    भारतमा बेलायती शासन रहेको बेला उहाँ त्यहाँको दरोगा (पुलिस इन्सपेक्टर) हुनुहुन्थ्यो । तर, निर्दोष जनतामाथि गोली चलाउने आदेश आएपछि उहाँ जागिर छाडेर स्वतन्त्रता आन्दोलनमा सरिक हुनुभयो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड