• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:34 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राज्य संयन्त्र पुरानै अवस्थामा रहेकाले जनताको पक्षमा ल्याइएका ऐन–कानुन समेत कार्यान्वयन हुन नसकेको जिकीर

  • १२ असार २०८२, बिहीबार २०:१४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभाबकारी बनाउन जरुरी रहेको बताएका छन्‌ । सशस्त्रको मुख्यालयमा आयोजित वरिष्ठ अधिकृत सम्मेलन २०८२ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्‌ । समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभावकारी बनाउन सम्मेलन महत्वपूर्ण रहेको चर्चा गर्दै राष्ट्रको सेवाका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त संगठनले सीमा सुरक्षा जस्तो संवेदनशील कार्यमा उत्कृष्ट योगदान पुर्‍याएको बताएका छन्‌ । राजश्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन जस्ता कार्यमा सशस्त्र प्रहरी वलको महत्वपूर्ण भूमिका र उत्कृष्ट कार्यसम्पादन रहेको उनले बताएका छन्‌ । धेरै ठाउँमा सशस्त्र प्रहरीका युनिट स्थापना गर्न आम नागरिकबाट माग आएको बताउँदै उनले यो नागरिकको विश्वास बढेको उदाहरण भएको चर्चा गर्दै उनले सीमित श्रोत साधनले काम गर्नु पर्ने अवस्था रहे पनि यसमा सशस्त्र प्रहरी बलको कार्यसम्पादन उत्कृष्ट रहेको बताएका छन्‌ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी बनाउने र संगठनको समसामयिक विषयमा छलफल भएको बताएका छन्‌ । प्रतिबद्धतालाई कर्ममा बदल्दै राज्यले दिएको जिम्मेवारी पूरा गर्न संगठन लागिरहेको बताउँदै उनले आम नागरिकको सुरक्षा, विपद् उद्धार लगायतका कार्यमा थप प्रभावकारी कार्य गरिने बताएका छन्‌ । फिल्डमा नतिजामुखी कार्यको लागि मातहतलाई निर्देशन दिँदै उनले राजश्व संकलनमा थप निर्मम हुन जरुरी रहेको बताएका छन्‌ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक संस्था बनाउनुपर्ने प्रस्ताव गरेकी छन्‌ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै उनले निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक र लोककल्याणकारीमा परिणत गर्नुपर्ने बताइन्‌ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउन संविधानको स्प्रिट नै रहेको जानकारी गराउँदै उनले उक्त विषय विधेयकमा समेट्न माग गरिन्‌ । उनले आफ्नो प्रस्ताव राष्ट्रियकरण नभई गैरनाफामूलक रहेको प्रष्ट पारेकी थिइन्‌ । उनले निजी शिक्षा क्षेत्र धेरै शक्तिशाली रहेको र यसअघि महत्वपूर्ण धेरै प्रतिवेदनहरू गायब बनाएको आरोपसमेत लगाएकी थिइन्‌ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले अब ‘नयाँ युद्ध’ को थालनी गरेको घोषणा गरेका छन्‌ । उनले हतियारको लडाइँ सकिए पनि प्रणालीभित्र रहेका अदृश्य शत्रुहरूविरुद्धको संघर्ष अब सुरु भएको बताउँदै कर्मचारीतन्त्र, दलाल पुँजीवाद र बिचौलियाहरूलाई मुख्य तारो बनाइएको बताएका छन्‌ । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै दाहालले युद्ध र क्रान्तिबाट राजनीतिक प्रणाली परिवर्तन गरे पनि राज्य संयन्त्र (कर्मचारीतन्त्र, न्यायालय) पुरानै अवस्थामा रहेकाले जनताको पक्षमा ल्याइएका ऐन–कानुन समेत कार्यान्वयन हुन नसकेको बताएका छन्‌ । उनले आफू प्रधानमन्त्री हुँदा ल्याएको संघीय निजामती ऐन जस्ता प्रगतिशील कानुनहरूलाई यही प्रणालीले रोकेको आरोप लगाएका छन्‌ । उनले ट्रेड युनियन आन्दोलनलाई आफ्नो आधारभूत वर्गसँग पुनः जोडिएर यो ‘नयाँ युद्ध’ का लागि तयार रहन निर्देशन दिएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड