• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 02:44 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • १३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आलु बालीको उत्पादनमा बृद्धि

  • ११ श्रावण २०८२, शनिबार १९:२७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ । एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग र कीराको समस्या नदेखिएकाले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताएका छन्‌ । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्य बराबरको आलु पोखरा, काठमाडौं लगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार भएको छ । नियमित वर्षा भएकाले सिँचाइ, मौसम अनुकूल र रोग कीरा नदेखिएकाले उत्पादन बढेको अन्नपूर्ण गाउँपालिका–७ का वुद्धिवीर पुनले बताएका छन्‌ । उनका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ । अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । सवारी साधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । गत वर्षमा एक हजार तीन सय रोपनीमा सञ्चालन भएको खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत एक हजार ८५ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताएका छन्‌ । कार्यक्रममार्फत तीनवटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराएको केन्द्रले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यसैबीच कोशी प्रदेशमा कफी खेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफी खेती सुरु गरिएका छन्‌ । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफी खेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिएका छन्‌ । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रूपमा कफी खेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफी खेती गरिरहेको उनले बताएका छन्‌ । हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २० करोड छ । उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको छ । नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ । कोशी प्रदेशमा सबैभन्दा बढी कफी उत्पादन इलाममा हुने गरेको छ । इलामका दुई हजार बढी किसानले ९०० हेक्टरमा कफी खेती गर्दै आएका छन्‌ । यहाँबाट ५० मेट्रिक टनको हाराहारीमा कफीको दाना उत्पादन हुने गरेको छ । धनकुटा, मोरङ, पाँचथर लगायतका जिल्लामा उल्लेख्य क्षेत्रफलमा कफी खेती विस्तार गरिएको छ । बोर्डको तथ्याङ्कअनुसार धनकुटामा ७५०, मोरङमा ५०० र पाँचथर जिल्लामा ३५० हेक्टरमा विस्तार गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ५० रोपनी जग्गामा कफीखेती गर्न इच्छुक किसान तथा सहकारीलाई रु सात लाख ५० हजार र नर्सरीमा बिरुवा उत्पादन गर्नेलाई रु तीन लाख ५० हजार अनुदान दिँदै आएको छ । बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशका २४ वटा स्थानीय तहमा ११० हेक्टरमा कफी खेती विस्तार गरिएको र त्यसका लागि बोर्डले रु दुई करोड ३७ लाख बजेट खर्च गरेको छ । त्यसैगरी चालु आवका लागि २३ स्थानीय तहमा खेती विस्तार गर्न बोर्डले रु दुई करोड ८३ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ॅपार्वती’को गीत सार्वजनिक

    मनसुन सक्रिय हुन नसक्दा धान रोपाइँ प्रभावित

    गरिमा बंैकलाई “कर्पोरेटबिजनेस अवार्ड २०२६” प्रदान

    ग्लोबल बैंकको जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता

    अर्थ मन्त्रीद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैया“को बजेट प्रस्तुत

    बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड