
भरत भूर्तेल
राष्ट्रपतिले संवैधानिक र कानुनीबाहेक व्यावहारिक र सामाजिक सन्दर्भ समेत गाँस्नुभयो । नेपाली सेनाको विगत विवादास्पद भएपनि नआन्दोलनको अन्तमबेलाम ाउनीहरुबाट प्रदर्शीत भूमिक ार गणतन्त्र घोषणाका समयमा सेनाबाट प्रदर्शित व्यवहार सन्तुलित रहेोक बरोसमेत उहाँले बताउुनयभो । उहँलो नेपाली सेनामा संयोगले कटुवाल पछि इतिहासमै पहिलो पटक एकजना जनजातिका मानिस स्वाभाकिव रुपमा सेनपाति हुन पाउने अवसर समेतलाई विचरा गर्न पनि आग्रह गर्नुभयो ।
राष्ट्रपतिले प्रधानमन्त्री दाहालसमक्ष सहमतिको राजनीतिले प्राथमिकता पाउनुपर्नेर यस्तो कार्यमा प्रधानमन्त्रीलाई आफूले सदा साथ दिने समेत बताउनुभयो ।
त्यस दिनको भेटको अन्त्यमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरुको सहमति विा आफूले कुनै निर्णय नगर्ने बचन व्यक्त गर्नुभयो । जति तत्परताका साथ प्रधानसेनापतिलाई सरकाले स्पष्टीकरणको पत्र थमायो त्यही तीवं्रताका सथा त्यसपछिका काम बारबाही भने अगि बढ्न सकेनन् ।
प्रधान सेनापतिर्ला बर्खास्त गर्नुअगि प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग भेटेर लामो छलफल गर्नुपर्नको कारण प्रष्ट छ, यो संवेदनशल मुद्दाबारे निर्णय गर्दा त्यसका परिणामबारे सोच्न आवश्यक थियो ।
नेकपा माओवादी शीर्ष नेताहरुले नेपाली काँग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम तराई मधेस लोकतान्त्रिक पार्टी लगायतका नेताहरुसँग भेटेर सेनापति हटाउयने काममा सरकरालाई साथ दिन आग्रह गरे तर कुनै पनि दलबाट साथ दिने बचनबद्धता प्राप्त भएन ।
नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले एमाले पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरेर सेनापतिसँग स्पष्टीकरण प्रकरणमा सरकारसँग तीव्र मतभेद रहेको तथ्य सार्वजनिक गरिदिनुभयो । सत्ता साझेदारमध्ये प्रमुख घटकका एक वरिष्ठ नेताबाट आएको अभिव्यक्तिबाट नेकपा माओवादी झस्कियो । वैशाख ८ र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निवासमा माओवादी सचिवालयको बैठक डाक्नुभयो । प्रधान सेनापतिलाई बर्खास्त गर्नेबारे औपचारिक निर्णय गर्न बोलाइएको भनिएका ती दुवै दिनका बैठकले ठोस निर्णय गर्न सकेनन् ।
सेनापतिसँगको स्ष्टीकरण प्रकरण राजनीतिक वृत्तमा तातो बहसको विषय भयो । राजनीतिक दलका नेताहरुको दौडधूप भइरह्यो । हैसियत अनुसारक ासाना ठूला बैठक ठाउँ ठाउँमा सम्पन्न भइरहेका थियो । आप्mनो अभियानलाई चाहेअनुसारको स्वरुप दिन कतिपय नेताहर यस्ता मानिसलाई समेत भेटन् तिनका घरघर पुगे जोसँग वार्ष्देखि कटुतापूर्ण सम्बन्ध थियो । यस क्रममा त्यस बेला अर्थमन्त्री समेत रहनुभएका नेकपा माओवदीका वरिष्ठ नेता डा बाबुराम भट्टराई नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीलाई भेटन. उहाँको निवास भक्तपुर बालकोटसम्म धाउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल यस सिलसिलामा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न काठमाडौको कोटेश्वरस्थित उहाँको निवासमै पुग्नुभयो ।
यी सबै प्रयत्नका बाबजुद केपी ओली र माधवकुमार नेपाल दुवै सेनापति हटायउने मामिलामा सहमत हुनुभएन । सरसर्ती हेर्दा सत्तासीन गठबन्धनको पं्रमुख घटक नेकपा एमाले सेनापति प्रकरणमा विभाजित पो हो कि झै भान भयो । एमालेका तर्फबाट सरकारमा सहभागी त्यस बेलाका गृहमन्त्री वामदेव गौतम सेनापति हटाउन सहमत झै देखिनुभएको पाइयो भने नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको यस प्रकराण्मा समर्थन रहेकाृ बतायएको थियो ।
यद्यपि झलनाथ खनाल स्पष्टीकरण प्रकरण चर्किएका बेला चीनको भ्रमणमा हुनुहुन्थ्यो । क्रमशः









