• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:28 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • १३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कागती खेतीबाट किसानको जीवनशैली, आम्दानी र सोचमा परिवर्तन

  • १८ श्रावण २०८२, शनिबार १९:३५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । नवलपरासी (सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका–४ मा रहेको सिङच्याङ विकट पहाडी बस्ती आजकल कागती खेतीका कारण चर्चामा छ । पहिले बाँझो रहेको जमिन आजकल कागती खेतीले ढाकिएको छ । पाखो बारीमा लटरम्म फलेका कागतीले गाउँका किसानको जीवनशैली, आम्दानी र सोच नै बदलिदिएको छ । देवचुलीका दिपक चापागाईं कागती खेतीबाट आम्दानी राम्रो गरिरहेका छन्‌ । भान्जा देविप्रसाद भूसालसँग मिलेर उनले सिङच्याङको पाखाभरि दुई हजार बोट कागतीका बिरुवा लगाएका छन्‌ । चापागाईंका मामा भाञ्जाले सफल फर्म दर्ता गरेर २०७७ सालको असारमा बिरुवा लगाएका थिए । गत वर्षदेखि कागतीले फल दिन थालेको उनले बताएका छन्‌ । अघिल्लो वर्ष उनले ५० लाख रूपैयाँको कागती मात्रै बेचेका थिए । यस वर्ष एक करोड रूपैयाँको कागती मात्रै बिक्री लक्ष्य उनको छ । देवचुलीका मामाभान्जाले व्यावसायिक रूपमा कृषि गर्ने उद्देश्यले बुलिङटारको एक सय ३० रोपनी पाखो बारी खरिद गरेर कागती खेती गरेका हुन्‌ । अहिलेसम्म डेढ करोड लगानी लागेको उनले बताएका छन्‌ । अर्को वर्ष लगानी उठ्ने उनको अनुमान छ । १८ वर्ष अगाडि विदेशमा बसेर स्वदेश फर्किएका उनले २०७५ सालमा बौद्धिकाली ६ स्थित नेवारबारीमा सुन्तलाको बगान स्थापना गरेका थिए । त्यसलाई विस्तार गर्दै तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत नर्सरी स्थापना गरेर कागती खेती गरेका हुन्‌ । तीन वर्ष मलेसियामा पसिना बगाएका उनले स्वदेशमा मोटरसाइकल पसल सञ्चालन गरेका थिए । त्यसबाट राम्रो आम्दानी हुन नसकेपछि व्यावसायिक कृषिमा आएको उनले बताएका छन्‌ । उनलाई भान्जा देविप्रसाद भुषालको दरिलो साथ छ । छैटौं तहका जनस्वास्थ्य अधिकृत रहेको भुषालले अन्य पेसाभन्दा कृषि पेशा राम्रो रहेको समेत बताएका छन्‌ । उनले स्थानीय स्तरमा रोजगारी दिने र दिगो उत्पादन गर्ने सोचका साथ कागती खेतीमा लगानी गरिएको बताएका छन्‌ । पूर्व–पश्चिम राजमार्गको दलदले बजारबाट सिङच्याङ पुग्न पक्की र ग्राभेल सडक हुँदै करिब साढे एक घण्टा गाडीमा यात्रा गर्नुपर्छ । साँघुरा मोड, उकालो बाटो, कहिलेकाहीं हिलो तर अहिले यही विकट यात्रा पछाडि गाउँको समृद्धिको कथा लुकेको छ । मामा भान्जाले कागती खेती गर्न सुरुगरेपछि गाउँका अन्य किसानले पनि लगाउन थालेका छन्‌ । उनीहरूको फार्ममा काम गर्न आएका रेखबहादुर रानामगरले पनि दुई सय बोट लगाएका छन्‌ । अहिलेको अवस्था हेर्दा सन्तोषजनक रहेको उनी बताउँछन्‌ । उनीहरूले कृषि खेती तथा खानेपानीका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्रको सहयोगमा चार किलोमिटर टाढाबाट पानी लगेका छन्‌ । त्यसले खेती गर्नसमेत सहज भएको छ । नवलपुर कागती खेतीका लागि प्रख्यात जिल्ला हो । यहाँ सुन्तला जातका फलफूल जोनसमेत स्थापना भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले पनि कागतीका नयाँ बगैंचा स्थापना गर्ने र क्षेत्र विस्तारको काम गरिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपरासी (सुस्ता पूर्व) का कार्यालय प्रमुख देवराज अधिकारी बताउँछन्‌ । उनका अनुसार जिल्लामा एक सय २० हेक्टर क्षेत्रफलमा कागती खेती भएको छ । त्यसमध्ये ३० हेक्टर क्षेत्रफलमा लगाइएको बिरुवाले फल दिन थालेको छ । यस वर्ष चार सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान अधिकारीको छ । समुद्री सतहबाट एक हजार पाँच सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना छ । जिल्लामा ५० हजार बिरुवा लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासी (सुस्ता पूर्व)का प्रमुख कुलप्रसाद तिवारी बताउँछन्‌ । उनका अनुसार यहाँका एक सय ५० किसानले व्यावसायिक रूपमा कागती खेती गरेका छन्‌ । बजार व्यवस्थापन, बिरुवा वितरण, रोग लागेमा रोगको पहिचान गरी उपचार, आवश्यक परामर्श लगायत काममा केन्द्र सहजीकरण गर्न तयार रहेको उनले बताएका छन्‌ । बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेले पछिल्लो समय आफ्नो वडामा व्यावसायिक रूपमा कागती र सुन्तला खेती गर्ने किसान बढ्दै गएको बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ॅपार्वती’को गीत सार्वजनिक

    मनसुन सक्रिय हुन नसक्दा धान रोपाइँ प्रभावित

    गरिमा बंैकलाई “कर्पोरेटबिजनेस अवार्ड २०२६” प्रदान

    ग्लोबल बैंकको जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता

    अर्थ मन्त्रीद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैया“को बजेट प्रस्तुत

    बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड