
भरत भूर्तेल
स्पष्टीकरण मुद्दाले राष्ट्रिय विवादको स्वरुप गं्रहण गरेपछि आप्mनो भ्रमण छोट्याएर खनाल स्वदेश फर्किनुभयो । नेपाल आउनासाथ उहाँले स्पष्टीकरण सोध्ने हदसम्म आप.्mनो सहमति भए पनि सेनापतिलाई बर्खास्त गर्नेबारे सहमत नदीएको बताउनुभयो ।
मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी लगायतका दलहरुसमेत सेनापति कुटवाललाई हटाएर माओवादीले स्वयंको वर्चस्व कायम नर्ग खोजेको ठानेर सशंकित थिए । यसरी यस मुद्दामा सरकारको कदम कमजोर सावित हुन थालेको आभास हुन्थ्यो । सरकारमा सहभागी राजनीतिक समूहबी चसमेत मतैक्य काम हुन सकेको स्थिति थिएन । नेकपा माओवादी यस मामिलामा एकातिर र बाँकी दलहर अर्कातिर रहेका स्थिति बन्न थालेको थियो ।
वैशाख ८ गते नै नेपाली काँग्रेसको आव्हानमा नेपाली काँग्रेस, नेकपा एमाले, तमलोपा लगायतका ठूला साना १७ दलको बैठक बस्यो । उक्त बैठकले नेकपा माओवादीलको नेतृत्वमा रहेका सरकारले राष्ट्रिय सेनाको तेजोवध गर्ने काम गरेकोमा उक्त कदमको निन्दा गर्यो ।
यस सर्वदलीय बैठकले सरकारले गरेको असंवैधानिक कार्य रोक्न संविधानको संरक्षकका नाताले राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गर्यो । सर्वदलीय बैठकको निर्णय सहित एक प्रतिनिधी मण्डल राष्ट्रपति समक्ष गएर आप्mना माग प्रस्तुत गर्यो । उक्त सर्वदलीय बैठकमा सत्ता साझेदार मधेसी जनअधिकार फोरमले भने उपस्थ्िित थिएन ।
प्रधानमन्त्री दाहालले वैशाख ९ गते दोस्रो पटक राष्ट्रपतिलाई भेट गर्नुभयो । उक्त भेटघाट मूलतः व्यवस्थापिक संसादमा प्रतिनिधित्व गर्ने सत्र वटा प्रमुख राजनिित कदलका प्रतिनिधिले राष्ट्रपति समक्षजाहेर गरेको चिन्ता, प्रधानसेनापतिसँग मागिएाके स्पष्६ीकराण् र बारम्बरा सेनाको विषयलाई राजनीतिकरण गरी सार्वजनिक विवादमा ल्याएको विषयमा केन्द्रित रह्यो ।
यस क्रममा राष्ट्रपतिले राजनीतिक दलहरु उल्लेखित विषयमा सचेत नहुने हो भने देश गम्भीर संकटमा होमिदै जाने सम्भावनातर्फ समेत प्रधानमन्त्रीको ध्यानाकर्ष गर्नुभयो । उहाँले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो स्थिती गम्भीर भई ज्यादै चिन्तायुक्त भएको यथार्थलाई हदयगम गरी यस विवादको अन्त्य राजनीतिक सहमतिबाटै गर्नोस् ।
राष्ट्रपतिले उक्त अवसरमा समस्या समाधानका लागि प्रधानमन्त्रीलाई सबै प्रकारको सहयोग प्रदान गर्न आपफू सदैव तत्पर रहेको बचन दिनुभयो । यसबाहेक त्यस दिनको भेटमा अगिल्लो दिन भएका भेटका छलफलका बुँदासमेत दोहोरिएका थिए । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका राजनीतिक दलसँग परामर्शपछि सहमतिका आधारमा निष्कर्षमा पुग्ने बचनबद्धता दोहोर्याउनु भयो ।
प्रधानसेनापति प्रकरणलाई लिएर व्यवस्थापिका संसदमा चर्को वादविवाद प्रारम्भ भएको थियो । विशेषगरी त्यस बेलाको प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले सेनामाथि सरकरले गरेको कारबाहीविरुद्ध चर्को आवाज उठायो ।
मुलुक पूर्ण रुपले सेना र सरकारबीचको विवादमा विभाजित भएको भान हुन्थ्यो । राष्ट्रपति समक्ष विभिन्न राजनीतिक दल स्वतन्त्र बुद्धिजीवी एवं विधि पेशा व्यवसायसँग सम्बद्ध मानिसको भेट्ने क्रम जारी थियो । सबैले सेना र सरकारबीचको विवादबाट उत्पन्न अप्रिय परिस्थितीप्रति चिन्ता जाहेर गर्दै राष्ट्रपतिको भूमिकाको आग्रह गर्ने गरेका थिए ।
यस क्रममा उहाँसँग नागरिक समाजका मानिसका तर्फबाट भनेर डा देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, खगेन्द्र संग्रौला, डा सुन्दरमणि दीक्षित, डा भरत प्रधान आदिले भेट गर्नुभयो । पछिल्लो जनआन्दोनलमा उल्लेखीत भूमिका निर्वाह गरेकायस समूहका सहभागीमध्ये डा सुन्दरमणि दीक्षित धेरै वर्षअगि बीपी कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुको टोलीका वरिष्ठ सदस्य समेत हुनुहुन्थ्यो । क्रमशः









