
काठमाडौं । सप्तरी, सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैचाबाट अवैध लागूऔषध गाँजा करिब १ सय २५ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी धाती समेतबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१२ रमनटारबाट अवैध लागूऔषध गाँजा करिब ९३ किलो ७ सय ग्राम दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा.२० च ३०१४ नम्बरको कारलाई हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा रोक्न खोज्दा कार नरोकी भागेको र हेटौंडा उपमहानगरपालिका–१२ रमनटामा कार रोकी चालक फरार भएको अवस्थामा फेला पारी कार तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार कार चालकको खोजी गरिहेको छ ।









