
काठमाडौं । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका–८ फुलबारीस्थित सडकमा बा.प्र.०६–००१ क ०४४४ नम्बरको मिनिट्रक र बा.७६ प २७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगपालिका–१ बस्ने ३५ वर्षीय राज कुमार बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मोरङ, पथरी शनिश्चरे नगरपालिका–१ स्थित सडकमा को.१ क ९७५१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । सर्लाही, चक्रघट्टा गाउँपालिका–५ पडरियास्थित सडकमा बीआर ३० एजी ५०३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय बरन बैठाको राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रमममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।









