
काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका–३ अजिङ्गरे बस्ने ५६ वर्षीय बल बहादुर राईको घरमा दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धनुषा, जनकनन्दिनी गाउँपालिका–४ खजुरी टोल बस्ने पाण्डव यादवको गोठमा राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दाङ, बंगलाचुली गाउँपालिका–७ छाप बस्ने केशरी हमालको घरमा बिहान आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ओखलढुङ्गा, खिजीदेम्वा गाउँपालिका–५ लुजु बस्ने दिल बहादुर सुनुवारको घरमा राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच सिम्रौनगढ नगरपालिका–७ झवानी बस्ने ६० वर्षीया कैलासी रामको करेन्ट लागेर दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै धान खेतमा रहेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।









